🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चार दिनमा ८९ फरार आरोपी पक्राउ

चितवन। जिल्ला प्रहरी कार्यालयले चार दिनमा ८९ फरार आरोपी पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८१ पुरुष र आठ महिला रहेका छन् ।

 
कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार यही भदौ ८ देखि ११ गतेसम्म सञ्चालन गरिएको फरार व्यक्ति पक्राउ अप्रेसनका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा चोरी, लागुऔषध, बहुविवाह, वन पैदावर, कीर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्धविच्छेद, सवारी अङ्गभङ्ग, सवारी ज्यानलगायतका मुद्दाका व्यक्ति रहेको उहाँले जानकारी दिनुभयो । 

उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको उहाँले बताउनुभयो । पक्राउ परेका उनीहरुबाट तीन वर्ष एक महिना पाँच दिन कैद तथा रु १३ लाख ७० हजार १२३ जरिवाना असुली गरिएको छ ।