🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मार्क्सवादी ज्ञान केन्द्रमा नयाँ नेतृत्व

काठमाडौँ, १४ भदौ (रासस) स। माक्र्सवादी विचार र शिक्षालाई जनस्तरमा स्थापित गर्ने लक्ष्यका साथ स्थापित मार्क्सवादी ज्ञान केन्द्रको प्रथम साधारणसभाले मनहरि तिमिल्सिनाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।  

केन्द्रको वरिष्ठ उपाध्यक्षमा विश्वेश्वर कट्टेल, उपाध्यक्षद्वयमा नमिता न्यौपाने र जनार्दनबाबु कट्टेल, महासचिवमा ईन्द्रराज भट्टराई, सचिवद्वयमा हुमनाथ न्यौपाने ‘सुिदप’ र इन्दिरा न्यौपाने, कोषाध्यक्षमा बिमला केसी तथा सदस्यहरूमा कविराज पौडेल, जानुका पराजुली, मिङ्ग्मा शेर्पा, दुस्यन्त भट्टराई, भूपनारायण यादव, सागर अधिकारी, रेशमकुमार अधिकारी, पम्फा बसेल र भीमप्रसाद सुवेदी चयन हुनुभएको हो ।

 सभाको निर्णय र प्रस्ताव सार्वजनिक गर्न आज आयोजित भर्चुअल कार्यक्रममा सो जानकारी दिइनाका साथै  नेपालको कम्युनिस्ट आन्दोलनमा पठन संस्कृतिको विकास गरी युगसापेक्ष ज्ञान र शिक्षा प्रबद्र्धन गर्ने उद्देश्यले  २०७७ साल फागुन १९ गते दर्ता भएको सो केन्द्रले ७७ जिल्लाका साथै सातै प्रदेशमा सङ्गठन विस्तार गरिसकिएको बताइएको छ ।

अध्यक्ष तिमिल्सिनाले नेपाली कम्युनिस्ट आन्दोलनका लागि मात्र नभएर विश्वका कम्युनिस्टहरूकै निम्ति साझा संस्था र सम्पत्तिको रूपमा माक्र्सवादको अध्ययन, अध्यापन र अन्वेषणका क्षेत्रमा केन्द्र क्रियाशील रहने बताउनुभयो । नेकपा (माओवादी केन्द्र)  का नेता राम कार्की र नेकपा (एकीकृत समाजवादी) का नेता डा विजय पौडेलले नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै माक्र्सवादी विचार र सर्वहारा वर्गको उत्थानका लागि नयाँ पुस्तामा प्रशिक्षणलाई तीव्ररूपमा अघि बनाउनुपर्नेमा जोड दिनुभयो ।

साधारण सभाले केन्द्रको वार्षिक प्रगति र  आर्थिक प्रतिवेदनका साथै  विनियम, कार्यविधि, आचारसंहिता, पाठ्यक्रमको रुपरेखा पारित गरेको छ । पाठ्यक्रममा दर्शनशास्त्र, माक्र्सवादी अर्थशास्त्र, वैज्ञानिक समाजवाद, विश्व एवं कम्युनिस्ट आन्दोलनको इतिहास, नेपाल परिचय र विज्ञान–प्रविधिजस्ता विषय समावेश गरिएको छ । ती विषयका लागि विषय अनुसारका प्रशिक्षकको रोष्टर तयार गरी क्षमता अभिवृद्धिका लागि ठोस योजना पनि अघि सारिएको छ ।
–––