🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ओमनले नेपाललाई जितका लागि १२२ रनको लक्ष्य दियो

काठमाडौँ, ३ असोज (रासस)  । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा ओमानले नेपाललाई जितका लागि १२२ रनको लक्ष्य दिएको छ । ओमनको अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले ३७ ओभर दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै १२१ रनमा समेटियो ।

ओमानका लागि कप्तान जिशान मक्सुदले सर्वाधिक ४१ रन बनाए । उनले ६६ बलमा दुई चौका र एक छक्कासहित सर्वाधिक ४१ रनको योगदान दिएका हुन् । यस्तै जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुशी १२ रनमा आउट भए ।

सन्दीप गौडले आठ तथा आयन खानले सात रन जोड्दा सुफ्यान मेहमुद र मोहमद नदीमले चार÷चार रन जोडे । कालिम उल्लाह ११ रनमा अविजित रहँदा बिलाल खानले नौ रन बनाए ।

ओमानलाई सस्तैमा समेट्ने क्रममा तीव्रगतिका बलर करण केसी र स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । करण र सन्दीपले चार÷चार विकेट लिए भने शरद भेषवाकरले दुई विकेट लिए । सन्दीपले ८.१ ओभरमा दुई मेडनसहित १८ रन खर्चेर चार विकेट लिएका हुन् । त्यस्तै करणले आठ ओभरमा एक मेडनसहित २५ रन खर्चेर चार विकेट लिन सफल भए ।

शरदले छ ओभरमा एक मेडनसहित २१ रन खर्चेर दुई विकेट लिएका हुन् । आज नेपाल घरेलु टिम ओमनविरुद्ध जित निकाल्ने योजनामा रहेको छ । पहिलो भेटमा पराजित नेपाल ओमानविरुद्ध बदला लिने योजनामा रहेको छ ।

सिरिजअन्तर्गत गत मङ्गलबार भएको खेलमा नेपाल ओमानसँग पाँच विकेटले पराजित भएको थियो । त्यस्तै त्यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा अमेरिकाले नेपाललाई छ विकेटले हराएको थियो । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।
–––