काठमाडौं । समाज कल्याण परिषदका पदाधिकारीले सामूहिक राजीनामा दिने भएका छन् ।
मुलुकको राजनीति परिस्थिति बदलिएको भन्दै उपाध्यक्ष डा. पद्मप्रसाद खतिवडा, सदस्य–सचिव पुस्कर खाती र कोषाध्यक्ष लोकनाथ सुवेदीले राजीनामा दिन लागेका हुन् । साथै बाेर्ड सदस्यहरू नानीमाया नेपाल, गाेविन्दवहादु शाही, सुशील ज्ञवाली, ब्रम्हध्वज गुरूङ्ग, मणिराम बन्जाडे र सञ्जय कुमार शाह रहेका छन् । उनीहरूलाई पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले परिषद् मा नियुक्त गरेको थियो ।
यसबारे जानकारी दिन अहिले दिउँसो २ बजे परिषद्को सभा कक्ष ललितपुरमा पत्रकार सम्मेलन राखिएको सदस्य सचिव खातीले जानकारी दिए ।



