🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राहुघाटकाे कार्यतालिका भत्कियो, १२ वर्षमा ३० प्रतिशत मात्र काम  

नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको तीस प्रतिशत मात्र काम सम्पन्न भएको छ । 

भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र  सरकारकोे संयुक्त लगानीमा विसं ०६६ मा सो आयोजना निर्माण सुरु भएको थियो । पुरानो ठेकेदार आइभिआरसीयल टाँट पल्टिएपछि विसं ०७२ मा उसँगको ठेक्का तोडेर विसं २०७३ मा प्राधिकरणले सहायक कम्पनी रघुगङ्गा हाइड्रो स्थापना गरेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाएको थियो । पहिलेको कार्यतालिका र सम्झौताअनुसार राहुघाट विसं २७० मा निर्माण सकिनुपर्ने थियो ।

यो आयोजना निर्माणका लागि विसं २०७४ मङ्सिरमा रु छ अर्बमा ठेक्का सम्झौता गरेको भारतको सिभिल ठेकेदार जयप्रकाश एशोसियट् (जेपी) ले पनि अपेक्षाकृत काम गर्न सकेको छैन । आयोजनाका व्यवस्थापक राज विष्टले हालसम्म ३० प्रतिशत प्रगति भएको बताए । “४५ महिनाको ठेक्का सम्झौताको म्याद सकिन लागेको छ”, उहाँले भन्नुभयो “ठेकेदारले थप एक वर्ष म्याद थप्न प्रस्ताव गरेको छ ।” 

पुरानो ठेकेदारले १० प्रतिशत काम गरेको थियो । हालसम्म पिप्लेमा ६१ मिटर गहिरो सर्चसाफ्ट र ६५४ मिटर लामो चारवटै अडित (मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग) निर्माण सकिएको छ ।  पावरहाउसदेखि दग्नाम र झिँको सिमानामा पर्ने बाँधसम्म ११ किलोमिटर पहुँचमार्ग, बुग्लस्थित रघुगङ्गा नदीमाथि ४० मिटर लामो ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरेको छ । 

छ किलोमिटर २०० मिटर लामो सुरुङ मध्य हालसम्म एक हजार ७३७ मिटर निर्माण सकिएको छ । प्रेसर साफ्टको २५४ मिटर सुरुङ निर्माण भएको छ । सिभिल ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । 

ठेकेदारले पर्याप्त मात्रामा मजदुर, उपकरण परिचालन गर्न र निर्माण सामग्री तथा उपकरण जुटाउन नसक्दा ढिलासुस्ती भएको आयोजना प्रभाबित क्षेत्र रघुगङ्गा गाउँपालिका–३ पिप्लेका वडाध्यक्ष जीवनकुमार मल्लले जानकारी दिए । पहिरोका कारण बाँध, पहिलो र दोस्रो नम्बर अडिटबाट सुरुङ निर्माणको काम गत असार महिनादेखि रोकिएको छ । बाँधमा जग्गा व्यवस्थापन र पहिलो नम्बरको अडित खनेर सुरुङ निर्माणको तयारी गरेको थियो । पिप्लेको बगैँचास्थित आउटलेट निर्माणस्थलमा सक्रिय भएको पहिरोका कारण तिल्केनीचौरमा राहुघाटको विद्युत्गृह निर्माणलाई समेत प्रभावित बनाएको छ । 

प्राकृतिक विपद् र कोरोना (भाइरस) को महामारीलाई ठेकेदारले ढिलाइको कारण दाबी गरेको छ । विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) ले तिल्केनीचौरमा विद्युत्गृह निर्माणका लागि प्रारम्भिक चरणको काम गरेको छ । 

अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध रहने यस आयोजनाले सन् २०२३ को जनवरी ३१ देखि वार्षिक रु चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो । 

राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोर अन्तरगत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा जोड्न लुप इन लुप आउट (लिलो) को चार टावर तयार भएको छ ।