🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बंगलादेशविरुद्ध नेपालको आक्रामक रणनीति, दुई परिवर्तन

 

काठमाडौं, २७ असोज । साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्ध खेल्ने नेपाली टोलीको सुरुवाती एघार सार्वजनिक गरिएकाे छ ।प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बंगलादेशविरुद्ध खेल्ने नेपालको सुरुवाती–११ सार्वजनिक गरेका हुन् । 

नेपालले बुधबार (आज) साँझ पौने ५ बजे मालेस्थित राष्ट्रिय रंगशालामा बंगलादेशको सामना गर्दैछ । प्रशिक्षक अब्दुल्लाहले बंगलादेशविरुद्ध आक्रामक रणनीति बनाएका छन् । यसअघि भारतविरुद्ध रक्षात्मक खेल खेल्दै पराजित भएपछि दबाबमा आएका अब्दुल्लाहले बंगलादेशविरुद्ध आक्रामक रणनीति लिएका हुन् । 

बंगलोदशविरुद्ध प्रशिक्षक अब्दुल्लाहले दुई परिवर्तन गरेका छन् ।  भारतविरुद्ध खेलेको सेटमा सुमन लामा र मनिष डांगी परिवर्तन भएका छन् । सुमनको स्थानमा आयुष घलान खेल्नेछन् भने मनिषको स्थानमा नवयुगलाई ल्याइएको छ । 

अब्दुल्लाहले नेपाली टोलीको गोलरक्षकमा कप्तान किरणकुमार लिम्बुलाई जिम्मेवारी दिएका छन् ।  यस्तै डिफेन्समा सदाझैँ गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी र पुजन उपरकोटीलाई निरन्तरता दिएका छन् । 

यता, मिडलाईनमा भने रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ, रहेका छन् । एक्ला स्ट्राइकर नवयुग श्रेष्ठलाई आयुष घलान र  अन्जन बिष्टले सहयोग गर्नेछन् । 

आज बंगलादेशविरुद्ध नेपालले जित वा बराबरले साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल पुग्नेछ । हारले भने बंगलादेश फाइनल पुग्नेछ । 

सन् १९९३ बाट सुरु भएको साफको १३औं संस्करण आइपुग्दा नेपाल हालसम्म फाइनल पुग्न सकेको छैन । 

नेपालको सुरुवाती –११

गोलरक्षकः किरण कुमार लिम्बु
डिफेण्डर : गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजबंशी, पुजन उपरकोटी
मिडफिल्डर : रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ
स्ट्राइकर : आयुष घलान , अन्जन बिष्ट, नवयुग श्रेष्ठ