🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राजनीतिक खिचातानीले सडक मर्मत नहुँदा सास्ती

जाजरकोट , २७ असोज। छिमेकी पालिकाका साथै वडाहरूमा वर्षायाममा भत्किएको सडक सयममै मर्मत भए पनि नलगाड नगरपालिका –८ हल्चौरमा भने सडक मर्मत हुन सकेको छैन ।

सडक मर्मत गर्न नगरपालिकाले बजेट बिनियोजन गरी डोजर पठाएर मर्मत गर्न लाग्दा वडाध्यक्षले सिफारिस नदिँदा काम रोकिएको छ । काम गर्न आएको डोजरसमेत फर्काएको छ ।

सडक मर्मत गर्नका लागि निर्माण हुने उपभोक्ता समितिका सबै व्यक्ति कांग्रेस भित्र आफूले मात्र भनेको व्यक्ति हुनुपर्ने अडान अध्यक्षले लिएर सिफारिस नदिएपछि सडक मर्मत हुन नसकेको हो ।

जाजरकोट –डोल्पा सडक खण्ड भित्र जोडिएको हल्चौर गाउँमा सडक मर्मत नहुँदा उकालोमा हैरानी व्यहोदै दैनिक उपभोग्य सामग्रीहरु बोकेर लिनु परेको छ ।

नेकपा ( माओवादी केन्द्र) को तर्फबाट कार्यपालिका सदस्य रहेका नरबहादुर विकले सडक मर्मत गर्नका लागि नगरपालिकाबाट डोजर ल्याएर काम सुरु गर्न लाग्दा कांग्रेसबाट जितेका वडाध्यक्ष गोविन्द शाहीको टोलीले सडक मर्मत गर्न सिफारिस नदिँदा काम रोकिएको हो ।

राजनीतिक खिचातानी मात्र होइन , उपभोक्तामा समेत आफ्ना मान्छे बनाउनु पर्ने मागका साथै जोजर समेत आफ्नै प्रयोग गर्नुपर्ने अध्यक्षको चाहनाले गर्दा सडक दशैं अघि मर्मत हुन सकेको छैन ।
न्युज कारखाना