🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

खोटाङका दुई स्थानीय तहको नाम परिवर्तन

खोटाङ । खोटाङका दुई स्थानीय तहको नाम परिवर्तन भएको छ । रुपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ गाउँपालिकाको नाम परिवर्तन भएको हो ।

रुपाकोट मझुवागढी नगरपालिकाको अगाडि ‘दिक्तेल’ र दिप्रुङ गाउँपालिकाको पछाडि ‘चुइचुम्मा’ थपिएको छ । नगरपालिका र गाउँपालिकाले यसअघि नगरसभा र गाउँसभाको पूर्ण बैठकले नाम परिवर्तनका लागि सिफारिश गरेको थियो ।

नगरसभा र गाउँसभाले सिफारिश गरेबमोजिम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बुधबार राजपत्रमा प्रकाशित गरेर नाम परिवर्तन भएको जनाएको छ ।

मन्त्रालयले प्रकाशित गरेको राजपत्रअनुसार अब रुपाकोट मझुवागढी नगरपालिकाको नाम ‘दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका’ र दिप्रुङ गाउँपालिकाको नाम ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका’ कायम भएको छ ।

यसअघि लामिडाँडा गाउँपालिकाको पनि नाम परिवर्तन गरिएको थियो । तत्कालीन लामिडाँडा गाउँपालिकाको नाम परिवर्तन भएर रावाबेंसी गाउँपालिका भएको छ भने अन्यको यथावत राखिएको छ ।