🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कृषि मन्त्रालय सचिवविहीन : मन्त्रीले दिएनन् पाँच  सहसचिवलाई जिम्मेवारी 

काठमाडौं । २०७८ असोज २२ गते शुक्रवारबाट कृषि तथा पशुपंछी विकास मन्त्रालयको कमाण्ड सम्हाल्ने अवसर जनता समाजवादी पार्टीका नेता मन्त्री महिन्द्र राय यादवले पाएका छन् । उनले मन्त्रालयको कमाण्ड पाएर पनि उचितरुपमा सम्हाल्न नसेकेको आरोप मन्त्री यादवमाथि लागेको छ । मन्त्री यादवले मन्त्रालयको कामकाजमा खासै महत्व नदिएको मन्त्रालयका कर्मचारीले गुनासो गर्न थालेका छन् । यतिवेला मन्त्रालयका ७ सह–सचिवको दरवन्दी भएपनि मध्ये ५ जनाको पद रिक्त रहेको छ ।

महिनौ अगाडिबाट रिक्त सहसचिव पद सम्हाल्नको लागि विभिन्न प्रदेशबाट सहसचिवहरू सरुवा भएर मन्त्रालय आइपुगेका छन् । तर मन्त्रिस्तरीय निर्णय हुन नसक्दा उनीहरूजिम्मेवारविहीन हुन पुगेका छन् । जिम्मेवारी नपाएकै कारण उनीहरू अहिले मन्त्रालयमा आउने रदैनिक रुपमा हाजिर भएर हिंड्ने काम मात्र गरिरहेका छन् ।

मन्त्री नियुक्त भएको १८ दिन बित्दा पनि यादवले मन्त्रीस्तरीय बैठक राख्न सकिरहेका छैनन । बैठक बस्न नसकेकै कारण सहसचिवहरू जिम्मेवारी र कुर्सी प्राप्त गर्नबाट बञ्चित भएका छन । मन्त्रीले गर्नुपर्ने मन्त्रायलको कामको  कार्य सम्पादन समयमा हुन नसक्दा कमाण्ड नै फितलो हुने पुगेको बताइन्छ । मुलुकमा २०७८ असोज अन्तिमदेखिको बेमौसमी बर्षात्ले पु¥याएको क्षतिका बारेमा एक कदम अगाडि बढेर काम गनुपर्ने मन्त्रालय नै बेहालमा पुग्नुमा कर्मचारी भन्दा मन्त्री मन्त्री यादव नै बढी जिम्मेवार रहेको मन्त्रालयश्रोत बताउँछ । मन्त्रीले समय नदिएको कारण सहसचिवहरू महिनौ अगाडि सरुवा भएर आएपनिजिम्मेवारीविहीन भएर बस्नु परेको छ ।

यतिवेला प्रकाश संजेल, कृष्णप्रसाद धिताल, डा. लोकनाथ भुषाल तीन जना सहसचिवले मात्रै मन्त्रालयको कामकाजको जिम्मेवारीबहन गरिरहेका छन । एक महिना अगाडि खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागबाट मन्त्रालयमा तानिएका सहसचिव उपेन्द्र राय उमेरहदका कारण २०७८ कात्तिक ६ गतेदेखि नै मन्त्रालयबाट अनिवार्य अवकाशसहित विदा भएर घर गएका छन । मन्त्रालयका कृषितर्फका सचिव डा. कृष्णप्रसाद आर्चाय २०७८ कात्तिक ८ गते सोमवारदेखि उमेर हदकाकारण अनिवार्य अवकाशसहित घर जाँदैछन ।कात्तिक ८ गते नै मन्त्रालयले उनको विदाई गर्ने कार्यक्रम राखेको बताइएको छ ।

उता, सहसचिव शान्ता कार्कीको कृषि तथा पशुपन्छी मन्त्रालयबाट लुम्बिनी प्रदेशमा सरुवा भएपनि उनी अटेर गरी मन्त्रालयमा बसिरहेकी छिन । प्रदेशका मन्त्रालयहरूबाटएक महिना अगाडिबाट सरुवा भएर आएपनि जिम्मेवारी नपाएर छटपटिन बाध्य सहसचिवहरूमा निरु दाहाल पाण्डे, रेवतीरमण पौडेल, संझना काफ्ले, राजेन्द्र मिश्र र अर्को एकजना लोकसेवा आयोगबाट सरुवा भएर आएकारहेका छन् । यो समाचार तयार पार्दासम्म उनीहरू कसैले पनि जिम्मेवारी पाएका छैनन् । पाण्डे प्रदेश नम्वर १, पौडेल लम्विनी प्रदेश, काफ्ले प्रदेश नम्बर २ र मिश्र कर्णाली प्रदेशबाट मन्त्रालयमा सरुवा भएर आएको बताइन्छ ।

कृषिमन्त्रीमा नियुक्त भएको भोलिपल्टै मन्त्रालयमा पद बहाली गरे लगत्तै पर्सिपल्टै पूर्व निर्धारित पार्टी कामकोसिलसिलामाउनी जनकपुरतिर गएको बताइएको छ । त्यताबाट मन्त्री यादब काठमाडौं फर्किदा नफर्किदै मुलुकमा दशैंको चटारो शुरु भइसकसेको र सरकारी विदा परेको कारणले मन्त्रिस्तरीय बैठक नै बस्न सकेन । लगत्तै दशैं मनाउनका लागि मन्त्री यादवगृह जिल्ला सर्लाही गएको र उनी काठमाडौं फर्किन नपाउँदै २०७८ असोज ३१ गतेबाट मुलुकभर परेको बेमौसमी वर्षातले बितण्डा मच्याउन भ्याइसकोको थियो ।

काठमाडौं उत्रिएसँगै मन्त्री यादव प्रधानमन्त्री शेरबहादुर देउवाले सिंहदरवारमा आयोजना गरेको दैबि प्रकोप बिपद सम्वन्धी बैठकमा सहभागिता जनाए । लगत्तै मन्त्रिपरिषको बैठकले मुलुकभर वर्षातपछि आएको बाढी र पहिरोले पु¥याएको जनधन, बालीनाली र घाइतेको उद्धारमा  परिचालनका लागि निर्देश गरेपछि मन्त्री यादव झन बेफुर्सदी हुन पुगेको बताइएको छ ।

जसका कारण सहसचिवहरू अझै कतिदिनसम्म जिम्मेवारविहीन हुनुपर्ने हो त्यसको कुनै ठेगान छैन । ५ जना सहसचिवले जिम्मेवारी कहिले पाउलान यसै भन्न सकिने अवस्था नरहेको मन्त्रालयश्रोतले जानकारी दिएको छ । असोज महिनाको अन्तिम दिन ३१ गतेदेखी परेको बेमौसमी वर्षाका कारण मुलुकको तीन वटा प्रदेशमा मात्रै झण्डै सवा ७ अर्ब बराबरको धानबाली नष्ट भएको प्रारम्भिक तथ्याङ्क कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बाहिर ल्याएको छ । 

शनिवारसम्ममा १ सय ११ जनाको मृत्यु भएको छ । करिव ४१ जना हराइरहेको र त्यति नै संख्यामा घाइते रहेको गृह मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ मा मात्रै ६७ हजार ९ सय १९ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीलाई बाढी र वर्षाले नराम्ररी क्षति पु¥याएको रिर्पोट बाहिर आएको छ । क्षतिको अनुमानित रकममा मूल्यांकन ७ अर्ब २२ करोड बरावर रहेको बताइएको छ । वर्षाका कारण १ लाख ९८ हजार ५ सय २१ हेक्टर क्षेत्रफलमा लगाएको धानलाई सामान्य असर पु¥याएको कृषि मन्त्रालयले जनाएको छ । 

बाढी पहिरो पीडितलाई सरकारले उचित राहत उपलब्ध गराउने घोषणा गरेपनि त्यसको टुङ्गो लागिसकेको छैन । ठीक यही समयमा कृषि मन्त्रायल सचिवविहीन बन्न पुगेको छ । सरकारले घोषणा गर्ने राहत प्याकेजको कार्यान्वय गर्न सचिवको अनिवार्य आवश्यकता हुनजान्छ । यही समयमा मन्त्रालय सचिवविहीन हुनु र सरुवा भएर आएका सहसचिवहरूको जिम्मेवारी तोक्न नसक्नुले मन्त्री यादवको कमाण्ड फितललो भएको स्वत पुष्टि भएको छ । 

को बन्ला कृषि सचिव ?
कात्तिक ८ गते सोमवार कृषि सचिव डा. कृष्णप्रसाद आचार्यले उमेर हदका कारण अनिवार्य अवकाशसहित मन्त्रालयबाट विदा लिएपछि मन्त्रालय सचिवविहीन हुन पगेको छ । कात्तिक ९ गतेबाट मन्त्रालयमा सचिव रिक्त भएसँगै नयाँकृषि सचिवको चर्चा शुरु भएको छ । मन्त्रालयमा नयाँ सचिवको आउला भनेर कर्मचारीबिचमा चर्चा पनि चल्न थालेको खबर छ । आचार्यको विदाईसँगै पशुपन्छीतर्फका सचिव डा. गोविन्द शर्मा आचार्यले कृषि सचिवको जिम्मेवारी पाउने हल्लासमेत मन्त्रालयमा चलेको छ ।