🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लेबनानविरुद्ध अभिषेक र मनिषले अग्रपंक्ति सम्ल्हाने

काठमाडौं,  १४  कात्तिक। एएफसी यू-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले अहिले लेबनानसँग प्रतिस्पर्धा गर्दैछ । रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेलअघि प्रशिक्षक बालगोपाल महर्जनले नेपालको सुरुवाती ११ खेलाडीकाे नाम सार्वजनिक गरेका छन् ।

लेबनानसँगको खेलमा नेपाली टोलीको कप्तानी नियमित गोलरक्षक अर्पण कार्कीले गर्नेछन् । नेपाल र लेबनानका लागि याे खेल प्रतिष्ठाको लडाइँ मात्र हुनेछ । दुवै टोली अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।

लेबनानविरुद्ध मैदान उत्रदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ । नेपाल जित निकाल्दै छनोटमा सुखद अन्त्य गर्न चाहन्छ । लेबनान पनि नेपाललाई हराउँदै छनोटको सुखद अन्त्य गर्न चाहन्छ ।

छनोटको समूह ’बी’ मा इराक र ताजकिस्तान विजेताको दौडमा रहेका छन् । इरान र ताजकिस्तानको समान दुई खेलबाट ६ अंक छ । नेपाल र लेबनान भने अंकविहीन छन् । समूहको शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् ।

नेपाल आफ्नो पहिलो खेलमा इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग ६-० गोल अन्तरले स्तब्ध भएको थियो  ।

नेपालको सुरुवाती ११

गोलरक्षक- अर्पण कार्की (कप्तान)
डिफेन्डर- सुमन अर्याल, सुरजजिउ ठकुरी, राजन गुरुङ, सेसेहाङ आङ्देम्बे

मिडफिल्डर- नितिन थापा, दर्शन गुरुङ, एरिक विष्ट

स्ट्राइकर-आयुष घलान, मनिष डाँगी, अभिषेक रिजाल
न्युज कारखाना