🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अन्नपूर्ण क्षेत्रमा हेलिकोप्टरको मनपरी उडान

पोखरा, १७ कात्तिक । कास्कीको अन्नपूर्ण आधार शिविरमा हेलिकोप्टरले मनपरी उडान गरेपछि स्थानीय आन्दोलित भएका छन् । कास्कीको प्रमुख पर्यटकीय पदमार्गको रूपमा परिचित यो क्षेत्रमा पछिल्लो समय हेलिकोप्टरवालाले ग्राहक खोजेर नियम विपरीत उडाउन थालेका छन् ।

संरक्षित क्षेत्रमा हेलिकोप्टर उडाउन पाइँदैन । त्यसको विरुद्ध गाउँपालिकाले ब्याण्ड नै लगायो । तर, कम्पनीहरूले टेरेनन् । अहिले पालिकाको उडान रोक्ने निर्णय कार्यान्वयन भएको छैन ।

विशेषगरी प्रभु हेलिकोप्टरले यहाँ उडान भर्छ । व्यवसायीका अनुसार दैनिक १० भन्दा बढी फ्लाइट बेस क्याम्पमा हुने गरेको छ । हेलिकोप्टर उडान रोक्न सेन्चुरी युवा क्लबको अगुवाइमा जनप्रतिनिधि र पर्यटन व्यवसायीले आन्दोलन गरेका छन् । उनीहरूले कात्तिक १६ गते आधार शिविरमै बैठक बसेर अनियन्त्रित रूपमा हुने उडान तत्काल बन्द गर्ने निर्णय गरेका हुन् ।

‘आजकै दिनदेखि हेलिकोप्टरको व्यावसायिक उडान पूर्ण रूपमा रोक्ने निर्णय गरियो,’ अन्नपूर्ण गाउँपालिका ११ का वडासदस्य इन्द्रमणी शर्माले भने, ‘यसरी मनपरी हुने उडानमा हाम्रो विरोध छ । कम्पनीले सुनुवाइ गरेन भने दोस्रो चरणको आन्दोलन गर्छौं ।’ उनीहरूले हेलिप्याडमा कालो झण्डा गाड्ने निर्णय गरेका छन् ।

‘भोलिदेखि कुनै पनि हेलिकोप्टर आयो भने ल्याण्ड गर्न दिँदैनौँ । हाम्रा माग सुनुवाइ भएन भने पोखरासम्म गएर विरोध जनाउँछौँ,’ उनले अघि भने, ‘अब अति भयो । सहन नसकेपछि यो अवस्था बनेको हो ।’ व्यवसायीहरूले मंगलबार बैठक बसेरै आन्दोलनको घोषणा गरेका हुन् ।

अनावश्यक रूपमा हुने उडानले वन्यजन्तु र चराचुरुंगीलाई असर परेको उनीहरूको गुनासो छ । सँगै त्यहाँको व्यवसायमा पनि असर परेको छ । अन्नपूर्ण गाउँपालिकाले २०७५ सालमा उद्धार बाहेक कुनै पनि व्यावसायिक उडान हुन नदिने निर्णय गाउँसभाबाट गरेको थियो ।

त्यसपछि कोभिडले पर्यटन क्षेत्र खासै सक्रिय भएन । अहिले पर्यटक हिँड्न थालेका छन् । तर हेलिकोप्टरको रजगज उस्तै छ । पालिकाको निर्णय समेत मानेको छैन । त्यसो त, पालिकाले पनि त्यसलाई नियन्त्रण गर्न सकेको छैन ।
न्युज कारखान