काठमाडाैं । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ MINUSCA Mission, Central African Republic (CAR) मा तैनाथ रणशेर गण (शा.से.)-HRPB तेश्रो डफ्फाले Bambari शहरमा अवस्थित एकल/आर्थिक अवस्था कमजोर रहेका महिलाहरुको आर्थिक अवस्था सुधार गर्नको निमित्त Bambari स्थित Mayor Office Premises, PK0 मा कोभिड-१९ को सम्पूर्ण सुरक्षात्मक उपायहरु अवलम्बन गरी २०७८ कार्त्तिक १५ गते स्थानीय प्रशासनसंगको समन्वयमा सिलाई सम्बन्धि सामाग्री (कपडा सिलाउने हाते मेशिन, खुट्टाले चलाउने सिलाउने मेशिन, कैंची, सियो र धागो) तथा कोभिड-१९ रोकथामका सुरक्षात्मक सामाग्रीहरु वितरण गरिएको जानकारी नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयले जङ्गी अड्डाले दिएकाे छ ।
सेनाका अनुसार, उक्त कार्यक्रममा Prefecture de OAUKA, Mayor de Bambari, Academic Inspection of Centre East, Head of Office, Task Force Commander/Senior National Officer of Nepal को उपस्थिति रहेको थियो ।
साथै, नेपाली शान्ति सैनिकहरुले द्वन्दग्रस्त मुलुकहरुको अति संवेदनशील ईलाकामा तैनाथ रही आफ्नो अपरेशनल जिम्मेवारीको अलावा स्थानीय समुदायलाई लक्षित गरी संचालन गरेका विभिन्न मानवीय सहयोगका कार्यहरुले स्थानीय निकाय तथा समुदाय र शान्ति सैनिकहरुबीच विश्वासको वातावरण श्रृजना भई आपसी सम्बन्ध थप प्रगाढ हुने विश्वास पनि नेपाली सेना शान्ति सैनिकले गरेकाे छ ।



