🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ढिस्कोले खायो एक महिलालाई

रत्ननगर । चितवनको विकट क्षेत्र लोथरको वान्द्राङमा घर बनाउन घडेरी खार्दै गर्दा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।

राप्ती नगरपालिका–१३ मा पर्ने वान्द्राङका झमकलाल प्रजाकी श्रीमती ५२ वर्षीया निरमायाँ प्रजा (चेपाङ) को ढिस्कोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

सोमबार साँझ ५ः३५ बजे घटना भए पनि प्रहरीलाई भने राति करिब ९ः३० बजेतिर मात्रै खबर आएको जनाइएको छ ।

एक्कासि ढिस्कोले पुरेपछि स्थानीयले ढिस्को पन्छाएर निकालेको केही समयमै उनको मृत्यु भएको स्थानीय शिक्षक बालकृष्ण थपलियाले जानकारी दिए ।

सो गाउँ पूर्वपश्चिम राजमार्गको भण्डाराबाट करिब ३५ किलोमिटर विकट पहाडी क्षेत्रमा पर्छ ।

भूकम्पपीडितका लागि आएको रकमबाट घर बनाउन घडेरी खार्ने क्रममा माथिबाट ढिस्को खसेर उनलाई पुरेको थियो ।

घटनाको मुचुल्का उठाउन मंगलबार बिहान प्रहरी टोली घटनास्थल गएको जनाइएको छ । रासस