काठमाडौं । प्राय कुनै पनि कर्मचारीहरू कार्यसम्पादन र मूल्याङ्कनको आधारमा फेरबदल गर्ने गरिन्छ । आयोजना प्रमुख र कार्यालय प्रमुखहरूको सरुवा गर्ने प्रचलन सरकारी निकायमा यही नै रहँदै आएको छ । यो परम्परालाई लत्याउँदै नव नियुक्त शहरी विकास मन्त्री रामकुमारी झाक्रीले भने रातारात २०७८ कात्तिक २८ गते १८ जना कर्मचारीको सरुवा गरेकी छिन ।
मन्त्रीस्तरीय निर्णय भनिएता पनि मन्त्री झाक्रीले आफ्नो खल्तीबाटसरुवाको नाम लिष्ट निकालेर मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहलाई कर्मचारीहरूको सरुवामा साक्षी किनाराको रोहवरमा राख्ने काम मात्र गरेको बताइएको छ । सचिव सिंहको असहमति रहँदारहँदै मन्त्री झाक्रीले मन्त्रालयका प्रशासन प्रमुख एवं सहसचिव रिुष्णु शर्मा र उपसचिव टीकाराम ढकाललाईशहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशसहित १८ जना कर्मचारीको सरुवासहितको टिप्पणी उठाउन आदेश दिएको बताइएको छ ।
सचिव सिंहले छलफल बिना नै कर्मचारीको सहमति बेगर सरुवा गर्ने विषयमा मौनता साँधेपछि मन्त्री झाक्रीले आफ्नो ठाडो आदेशमा मन्त्रालय, विभाग र मातहत निकायका १८ जना कर्मचारीहरूको सरुवा गरेको बताइएको छ । मन्त्री झाक्रीले शहरी विकास मन्त्रालयको नेतृत्व सम्हालेपछि गरिएको यो पहिलो सरुवा हो । उनले मन्त्री पद सम्हालेको १ महिना भन्दाबढी समय भएपनि आफ्नो सचिवालयलाई भने पूर्णता दिनसकिरहेकी छैनन । सचिवालयलाई पूर्णता दिन नसकेकी मन्त्री झाक्रीलेकसैको उस्काहटमा हतार हतार गरेरअवधि नपुगेका कर्मचारीको सरुवा गर्नुलाई आश्चर्यको रुपमा हेरिएको छ । अवधि नपुगेका कर्मचारीको सहमतिबेगरहतारमा हचुवाको भरमा सरुवा गरेको र यसबाट मन्त्री झाक्रीले कर्मचारीहरूको सहयोग पाउन मुस्किल पर्ने मन्त्रालयका कर्मचारीले आरोप बताएका छन् ।
महानिर्देशकसहित १८ को सरुवा
शहरी विकास तथा भवन निर्माण विभागमा ९ महिना मात्रै नेतृत्व गरेका ई. नवराज प्याकुरेललाई मन्त्रालयमा तानेर उनको ठाउँमा मन्त्रालयका सहसचिव पदम कुमार मैनालीलाई लगिएको छ । यस्तै विभागमा उपमहानिर्देशक रहेका दिलीप भण्डारीलाई विभागको उपमहानिर्देशकका अतिरिक्त अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको आयोजना प्रमुखको जिम्मेवारीसहित सरुवा गरिएको छ । यस्तै सघन शहरी तथा भवन निर्माण आयोजना प्रमुखबाट नारायणप्रसाद भण्डारीलाई तानेर काठमाडौं उपत्यका विकास प्राधिकरण÷नयाँ नगर योजना कार्यान्वयन इकाईसमेत हेर्ने गरी कायममुकाय नायव विकास आयुक्तको जिम्मेवारी तोकिएको बताइएको छ ।
सचिव सिंहको सेटिङ्ग भत्कियो
मन्त्रालयका सचिव डा. सिंहको योजनामा २०७७ माघमा शहरी विकास विभागको महानिर्देशकलगायत आकर्षक निकायहरूमा कर्मचारीको सरुवा गरिएको थियो । तर तत्कालीन मन्त्री प्रभु साहलाई आपूm अनुकूल ब्रिफिङ गरी पहिलो नम्बरका सहसचिव पदमकुमार मैनालीलाई पन्छ्याएर तेस्रो बरियताका नवराज प्याकुरेललाई विभागको महानिर्देशक बनाइएको थियो । यसको कर्मचारीवृत्तमा निकै आलोचना पनि भएको थियो । सचिव सिंहले छानी–छानी मालदार निकायमा आफू निकटका कर्मचारीहरूलाई खटाइएको विषय मन्त्री झाक्रीसमक्ष नवनियुक्त महानिर्देशक मैनाली र मन्त्रालयका रैथाने सुब्बा युवराज गिरीले कुरा लगाएको र उनीहरूको योजना बमोजिम नै महानिर्देशक प्याकुरेलसहित १८ जना कर्मचारीको सरुवा गरेको समाचारश्रोतले बतायो ।
मन्त्रालय स्रोतकाअनुसार,अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सिडिई रविन्द्र बोहरालाई विभागमा सरुवा गरिएको छ ।सिडिई सचिन्द्र कुमार देवलाई सघन शहरी तथा भवन निर्माण आयोजना दाङबाट सप्तरी, एकराज अधिकारीलाई शहरी विकास तथा भवन निर्माण विभागबाट संघीय आयोजना कार्यान्वयन इकाई धनुषा, शिखर लामा तामाङलाई विभागबाट सघन शहरी तथा भवन निर्माण आयोजना पर्सा, रमेश थिङ्गलाई संघीय आयोजना कार्यान्वयन इकाई बाँकेबाट संघीय आयोजना कार्यान्वयन इकाई रुपन्देही सरुवा गरिएको छ । रुपन्देहीका विदुर खड्कालाई संघीय आयोजना कार्यान्वयन इकाई बाँकेमा लगिएको छ । नयाँ शहर आयोजना समन्वय इकाई बबरमहलबाट रोशन श्रेष्ठलाई संघीय आयोजना कार्यान्वयन इकाई मोरङ र मोरङका गङ्गाप्रसाद यादवको सरुवा विभागमा गरिएको छ । विभागका हिमाल केसीलाई कामुको जिम्मेवारीसहित नयाँ शहर आयोजना समन्वय कार्यालय बबरमहलमा सरुवा गरिएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका प्रक्रिर्ण तुलाधरलाई विशेष भवन निर्माण आयोजना बबरमहलमा सरुवा गरिएको बताइएको छ ।
त्यस्तैमन्त्रालयकाप्रदीपकुमार सिंहलाई सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लामा सरुवा गरिएको छ । इन्जिनियरहरू खड्गबहादुर चौधरीलाई संघीय आयोजना कार्यान्वयन इकाई बाँकेबाट सरुवा गरी सघन शहरी तथा भवन निर्माण आयोजना दाङमा लगिएको छ । प्रदीपकुमार खनाललाई संघीय आयोजना कार्यान्वयन इकाई धनुषाबाट विभागमा सरुवा गरिएको छ । सघन शहरी तथा भवन निर्माण आयोजनाका सुदर्शन शर्मालाई झापाबाट मन्त्रालयमा सरुवा गरिएको बताइएको छ ।
मन्त्रालयमा नयाँ सचिव ल्याउने तयारी
सचिव सिंहलाई वाइपास गरेर उच्च पदस्थ कर्मचारीको सरुवा गरेपछि उनी तनावमा परेका छन । त्यति मात्र होइन कमिशनमा लिप्त रहने, कन्सल्टैन्सी चलाएर धनार्जन गर्न माहिर विवादस्पद सचिव सिंहकोसमेत सरुवा हुने भएको छ । उनको ठाउँमा भवन विभागमा महानिर्देशक भएर काम गरिसकेका र हाल उर्जा आयोगमा कार्यरत सचिव ई. मणिराम गेलाललाई ल्याउने अन्तिम तयारी भइरहेको स्रोत बताउछ । २०७८ मंसिर ६ गते बस्ने मन्त्रिपरिषद बैठकले सचिवहरूको सरुवाको निर्णय गर्नसक्नेचर्चा पनि छ ।
यता सचिव सिंहआफ्नो मालदार मन्त्रालय फुत्किने र सरुवाको डर बोकेर सामान्य काम मात्रै गरिरहेको बताइन्छ ।हाल विभागको महानिर्देशकको जिम्मेवारी पाएका मैनाली सबैको पोल लगाउन सिपालु कर्मचारीको रुपमा चर्चित मानिन्छन् । भवन विभागमा रहेर विभिन्न पदमा काम गर्दा मैनालीलेकमाउसम्म कमाएको आरोप उनी माथि कर्मचारीले लगाउँदै आएका छन् ।विभागको महानिर्देशकमा मैनालीले जिम्मेवारी पाएसँगै २०७८ मङ्सिर २ गते बिहीवार बालुवाटार नजिकै टाईम स्क्वायर रेस्टुरेन्टमा पूर्व सचिव दीपेन्द्रनाथ शर्मा,रमन कन्ट्रक्सनका मालिक पवन महतोलगायतका ठेकदारहरूले मन्त्री झाक्रीलाई रात्रीभोज दिएको कर्मचारी स्रोत बताउछ । मन्त्री झाक्रीको भित्री सल्लाहकारको भूमिकामा रहेका ठेकेदार पवन महतोकै डिजाइन र मुख्य लगानीमा मैनाली विभागको डिजी बन्न सफल भएको स्रोत बताउछ ।
मन्त्री झाक्री र सचिव सिंहबीच किन भयो खटपट?
मन्त्री रामकुमारी झाक्री र सचिव डा. सिंहबीच खटपट हुनुको भित्री कारणकर्मचारीको सरुवा नै प्रमुख भएको बताइन्छ । मन्त्री झाक्रीले शहरी विकास मन्त्रालय मातहतका कार्यालयमा सिंहले ल्याएका उच्च कर्मचारीहरूको धमाधम सरुवा गर्न थालेपछि सिंह समस्यामा परेको बताइन्छ । सचिव सिंहनिकटका कर्मचारीहरूलाई मन्त्री झाक्रीले छानीछानी सरुवा गरेपछि मन्त्रालयका कर्मचारीहरूसमेत सकसमा परेका छन् ।
माधवसम्म पुग्यो सरुवाको पोल
जनकपुर घर भएका मधेसी मूलका सिंह नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि निकट रहेका छन् । उनी बेला बेलामा नेपाललाई पनि भेट्न उनकै निवास पुग्ने गरेकोश्रोतले बतायो । झाक्री शहरी विकास मन्त्रीमा नियुक्त भएपछि पनि सचिव सिंहले अध्यक्ष नेपालसँग पटक पटक भेट गरेको सूचना मन्त्री झाक्रीकहाँ पुगेपछिउनी सचिव सिंहप्रति क्रुद्ध बनेकोश्रोत बताउँछ ।त्यसैगरी मन्त्रीझाक्रीको व्यवहारबाट सचिव सिंह खुसी हुन नसकेपछि भौतिक पूर्वाधार मन्त्री रेणु यादवसँग पनि वाराम्वार सम्पर्कमा पुग्ने गरेको सूचना भौतिक मन्त्रालयमा उपसचिव रहेका पशुपति पुरीबाट मन्त्री झाक्रीले पत्तो पाएपछि उनी झन रिसाएको हुनसक्ने चर्चा कर्मचारीहरू गर्दैछन् ।
२०७८ कात्तिक २८ गते कर्मचारी सरुवाको विषयमा अध्यक्ष नेपालसँगको भेटमा सचिव सिंहले मन्त्रीको काम कारवाहीका विषयमा राम्रो कुरा नगरेको झाक्रीको बुझाई रहेको उनी निकट स्रोत बताउछ । भौतिक मन्त्री रेणु यादवसँग भेट गरेको विषयमा पनि झाक्री सचिव सिंहसँग असन्तुष्ट रहँदै आएकी थिइन । सचिव सिंहले आवश्यकता भन्दा बढी नै चलखेल गरेको मन्त्रीको बुझाइ रहेको बताइएको छ । यसपछि मन्त्री र सचिवबीचको सम्बन्ध बिग्रन पुगेको स्रोतको दावी छ ।
सिंहको रोजाईं भौतिक मन्त्रालय
मन्त्रीसँग सम्बन्ध बिग्रेपछि सचिव सिंह शहरी विकास मन्त्रालय छाडेर भौतिक पूर्वाधार मन्त्रालय जान चाहेको बताइएको छ । तर मन्त्री झाक्री भने सचिव सिंहलाई उर्जा आयोगमा थन्क्याउने तयारीमा रहेको मन्त्री निकट स्रोतले जानकारी दिएको छ । सिंह प्राविधिक समूहका सचिव हुन् । त्यसैले उनको लागि भौतिक, शहरी विकास, उर्जा आयोग र नेपाल ट्रष्टबाहेकअन्यत्र थोरै ठाउँमा मात्र दरबन्दी मिल्न सक्ने श्रोतले बताएको छ ।



