🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भानुमतिको प्रचार गर्न राउतको ११ दिने ध्यान

खोटाङ । खोटेहाङ गाउँपालिका-१ लिकुवापोखरीका खगेन्द्र राउत धार्मिक तथा पर्यटकीयस्थल भानुमतिको प्रचार प्रसार गर्ने उदेश्यले ११ दिन ध्यानमा बसेका छन् । आफू शिवभक्त भएको दाबी गर्दै उनी जन्तेढुंगा गाउँपालिका-५ चिसापानीस्थित सावाखोला किनारमा रहेको भानुमति मन्दिरमा ध्यानमा बसेका हुन् । भारतको काशीको झैं धार्मिक अस्तित्व बोकेको यो मन्दिर प्रचारप्रसार अभावमा ओझेल परेपछि उनी ६ मंसिरदेखि ध्यानमा बसेका हुन् । उनको ध्यान १७ मंसिरमा सकिँदै छ ।

सात वर्षदेखि अन्न नखाएको दाबी गर्ने राउतले यसअघि पाथीभरामा चार दिन, हलेसीमा तीन दिन तीन रात, बराहपोखरीमा १८ घण्टा ध्यानमा बसिसकेको बताएका छन् ।लिकुवापोखरीको लेगुवामा नौ रात नौ दिन गुफा बसेका उनी यसपटक भानुमतितर्फ सबैको ध्यान तान्न ध्यानमा बसेको स्थानीयले बताएका छन् । 

भानुमतिलाई भानुमति गंगा पनि भन्ने गरिन्छ । दक्षिणबाट उत्तरतर्फ बगेको खोला भएकाले यस स्थानलाई उत्तर वाहिनी पनि भन्ने गरिन्छ । काशी पुग्न नसक्ने तिर्थयात्री भानुमतिमा पुगेर पूजाआजा गर्ने गरेको कांग्रेस जन्तेढुंगा सभापति बाजिन्द्र बिष्टले बताए । ‘काशीमा पुग्ने नेपालीलाई भारतीयले काशी त नेपालमै छ । किन यहाँ आएको भन्दा रहेछन्,’ विष्टले भने, ‘यत्तीको महत्वपूर्ण धार्मिकस्थल भए पनि भानुमति ओझेलमा छ । राज्यले यसलाई देखेको छैन ।’ 

पुरानो महादेवको मन्दिर मात्रै रहेको भानुमतिमा सभापति विष्टकै पहलमा पुरातत्व विभागबाट आर्थिक वर्ष २०७७र०७८ मा प्राप्त १९ लाखबाट नयाँ मन्दिर निर्माण गरिएको छ । सो मन्दिरमा पार्वती वा गणेशमध्ये एकको मुर्ति राख्ने तयारी छ ।