🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित : निर्मल निवासकाे नाङ्गाे हस्तक्षेप-थापा

काठमाडाैं । मंसिर १९ गते  बिहान सकिएको राप्रपाकाे नेतृत्वकाे निर्वाचनकाे मतगणनाअनुसार राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन्। राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्।

राजेन्द्र लिङ्देनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन् । थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए। चार सय १३ मत बदर भएको थियो ।

लिङ्देनले सुरूदेखि नै मतगणनामा अग्रता लिंदै अघि बढेका थिए ।

राजेन्द्र लिङ्देन अध्यक्षमा विजयी भएकाे घाेषणा हुनासाथ प्रतिस्पर्धी कमल थापाले ''पराजय सहर्ष स्वीकार गर्दछु'' भन्दै बधाई तथा शुभ कामना भनेका छन् ।

उनले ट्वीट गर्दै लेखेका छन् ''प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना। प्रतिकूल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी छु।''

अध्यक्षमा पराजय भाेगेका कमल थापाले ट्वीटमार्फत नै  राप्रपाकाे निर्वाचनमा निर्मल निवासकाे नाङ्गाे हस्तक्षेप भएकाे भन्दै आक्राेश पनि व्यक्त गरेका छन् ।