🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमालेमा स्वच्छन्दता, व्यक्तिवाद, आचरणहीनता र अनुशासनहीनता बढ्यो–अनुशासन आयोग, एमाले

काठमाडौं, फागुन २९ गते।  नेकपा (एमाले केन्द्रीय अनुशासन आयोगको बैठक आयोग अध्यक्ष अमृतकुमार बोहराको अध्यक्षतामा पार्टी केन्द्रीय
कार्यालय धुम्बाराहीमा बसेको खबर छ । बैठकले आयोगको आन्तरिक संगठनात्मक व्यवस्थापनको साथै पार्टी र राष्ट्रको केही
समसामायिक सवालमा छलफल गरी निम्न निर्णयहरु गरेको छ ।

\"\"
१. आयोगमा प्रदेश २ बाट प्रतिनिधित्व गर्ने क. धर्मनाथ यादव पार्टी केन्द्रीय कमिटीमा मनोनित हुनु भएपछि रिक्त सो पदमा
सर्लाही निवासी पार्टीमा लामो समयदेखि विभिन्न जिम्मेवारीमा सक्रिय रही आउनुभएका क. राजनारायण शाहलाई
मनोनयन गरेको छ । आयोगको कार्यालय सचिवमा आयोगकै सदस्य क. शिवबहादुर देउजालाई मनोनयन गर्नुका साथै दुई
पार्टी एकीकरण विधान मस्यौदा समितिलाई अन्तरिम विधानको सम्बन्धमा आवश्यक सुझाव दिने समेत निर्णय गरेको छ ।
यसैगरी संसदको राष्ट्रिय सभा र प्रदेश सभामा निर्वाचित आयोगका सदस्यहरु क. अगम वान्तवा, अर्जुन राई र मित्रकुमारी
गुरुङ सुवेदीलाई हार्दिक बधाई दिएको छ ।

२. अहिले देशमा नेकपा (एमाले र नेकपा (माओवादी केन्द्र समेतको संयुक्त वामपन्थी सरकार बनेको छ । शुशासन,
राजनीतिक स्थिरता र समृद्ध हुँदै न्यायपूर्ण समाजवादी दिशामा मुलुकलाई अघि बढाउने यो अत्यन्त महत्वपूर्ण उपलब्धि
हो । हामी परीक्षाको यो घडीमा बिना बिलम्बन चाँडो, चुस्त, सक्षम, सन्तुलित र निस्कलंकित मन्त्रिपरिषद् बनाएर जनता
र राष्ट्रको आकांक्षा पूरा गर्ने काममा दृढतापूर्वक अघि बढ्न हार्दिक शुभ–कामना सहित पार्टीलाई आग्रह गर्दछौं ।

३. यता, केही समयदेखि देशका विभिन्न भागमा तीव्ररुपमा ‘बलात्कार’, ‘हत्या’ र ‘बोक्सी’ आरोपजस्ता जघन्य सामाजिक
अपराधका घटनाहरु एकपछि अर्को गरी श्रृखलाबद्धै बढिरहेकोमा त्यसलाई नियन्त्रण गर्न सम्बन्धित सरकारी निकायको ध्यान
तदारुकतासाथ नगएकोमा बैठकले दुःख व्यक्त गर्दै गम्भीर चिन्ता प्रकट गरेको छ । वर्गीय र सामुदायिक सरोकारको
विषयमा आवाज बुलन्द गर्नुपर्ने पार्टीका स्थानीय कमिटीहरु, अनेमसंघ, युवा संघ लगायत पार्टीका जनसंगठनहरु तथा
जनप्रतिनिधिमूलक निकाय स्थानीय सरकार किन उदासिन निस्क्रिय र मूकदर्शक बनिरहेका छन्, गम्भीर चासोको विषय
बनेको छ । कतै पार्टीपंक्तिहरु राजनीतिक र वैचारिक दृष्टिकोणबाट बिमुख बन्दै गरेको संकेत त होइन भन्दै बैठक पार्टी
नेतृत्वप्रति यस्ता विषयहरुमा सचेत हुन गम्भीर ध्यानाकर्षण गर्दछ ।

४. पार्टीको आन्तरिक संगठनात्मक अवस्थाबारे पनि बैठकमा संक्षिप्त छलफल भएका छन् । लामो समयदेखि पार्टीको केन्द्रदेखि
आधारभूत तहसम्मका कमिटीका बैठकहरु राम्ररी नभएको, पार्टी कमिटीहरु प्राय निस्क्रिय रहेको, पार्टीको विधि, पद्धति र
प्रणालीहरु क्रमशः कमजोर बन्दै गएको, पार्टीमा स्वच्छन्दता, व्यक्तिवाद, आचरणहीनता र अनुशासनहीनता बढेको, गलत
कार्यउपर छानविन नगरी दण्डहिनता मौलाइरहेको वर्तमान स्थितिप्रति आयोगले पार्टीको ध्यानाकर्षण गरेको छ । त्यसैगरी
तीनै तहको निर्वाचनका क्रममा भएका अनुशासनहीन क्रियाकलापहरु, घात–अन्तरघातजस्ता अवाञ्छित कार्यहरुको
यथासमयमा छानविन भई कारवाही हुनुपर्नेमा अनेकौं बहानामा आजसम्म पन्छाउँदै आउने काम भएकाले तत्काल समीक्षा
प्रतिवेदन मागी कारवाही प्रक्रिया अघि बढाउन पार्टी नेतृत्वको ध्यानाकर्षण गरेको