🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमाले पेसागत संगठन विस्तारमा जोड, निजामती पाटन बैतडीकाे अध्यक्षमा भण्डारी

बैतडी, १७ पुस । नेकपा एमालेको शुभेच्छुक संगठनका रूपमा रहेको नेपाल निजामती कर्मचारी संगठन पाटन बैतडीको नगर अधिवेशन पुस १७ गते शनिबार सम्पन्न भएको छ ।

अधिवेशनले बिस्ना भण्डारीको अध्यक्षतामा २९ सदस्यीय पालिका कमिटी गठन गरेको छ । आजै राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको नगर कमिटी पनि गठन गरेको छ । जस अनुसार बीर बहादुर खातीको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरिएको छ ।

यसैगरी स्थानीयतह कर्मचारी हकहित मञ्चको पनि पालिका कमिटी पनि गठन गरिएको छ । बिर्खराज भट्टको अध्यक्षतामा नगर कमिटी गठन गरिएको हो ।

नगर सभाहलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका प्रदेश कमिटी अध्यक्ष एवं, बैतडीबाट संघीय सासंद दामोदर भण्डारी रहेका थिए ।

जिल्लाको पुर्चौडी नगरपालिकामा भएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको नगर अधिवेशनले दीपेन्द्र बहादुर धामीको अध्यक्षतामा नगर कमिटी गठन गरेको छ ।

यसैबिच जिल्लाको दोगडाकेदार गाउँपालिकामा शुक्रबार सम्पन्न निजामती कर्मचारी संगठनको गाउँ अधिवेशनले चक्रदेब भट्टको अध्यक्षतामा ११ सदस्यीय पालिका कमिटी गठन गरेको छ ।