🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

केपी ओलीको मन्त्रिपरिषद् तेस्रो पटक  विस्तार

काठमाडौँ, २ चैत  : प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको मन्त्रिपरिषद   २०७४ चैत २ गते  तेस्रो पटक  विस्तार भएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा  २०७४ चैत २ गते  साँझ नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट  पद तथा गोपनियताको शपथ खुवाएको छ  । 

 पद तथा गोपनियताको शपथ लिने मन्त्रीहरु प्रदीप ज्ञवालीलाई परराष्ट्र, गोकर्ण विष्टलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, रवीन्द्र अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, रघुवीर महासेठलाई भौतिक पूर्वाधार तथा यातायात, शेरबहादुर तामाङलाई कानून, न्याय तथा संसदीय मामिला, जगत विकलाई युवा तथा खेलकूल, मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

यस्तै वर्षमान पुन, ऊर्जा जलस्रोत तथा सिंचाई, गिरिराजमणि पोखरेल शिक्षा, विज्ञान प्रविधि, शक्तिबहादुर बस्नेत वन तथा वातावरण, चक्रपाणी खनाल कृषि तथा भूमि व्यवस्था र सहकारी, बिना मगरलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

\"\"

त्यसैगरी गोकुल बास्कोटालाई सूचना तथा सञ्चारराज्यमन्त्री,पद्मा अर्याल स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री, धनहादुर बुढालाई संस्कृति,पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री, रामकुमारी चौधरीलाई कृषि तथा भूमि व्यवस्था र सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । 

यस्तै विज्ञान तथा प्रविधि मन्त्री रहनुभएका लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त ओलीले पहिलो पटक नेकपा(एमाले)का तर्फबाट लालबाबु पण्डितलाई विज्ञान तथा प्रविधि र थममाया थापालाई महिला बालबालिका मन्त्रीमा नियुक्त गरिएको थियो । 

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, सभामुख कृष्णबहादुर महरा सहभागी भएका थिए  । 

यस्तै नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, एमाले र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता, संवैधानिक अंगका प्रमुख, यहाँस्थित कूटनीतिक नियोग तथा निकायका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । 

प्रधानमन्त्रीले यसअघि गत फागनु १२ गते दोस्रो पटक मन्त्रीपरिषद् विस्तार गरिएको थियो । सो दिन रक्षा मन्त्रीमा ईश्वर पोखरेल, गृह मन्त्रीमा रामबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्तिमा मातृका यादव, अर्थमन्त्रीमा डा युवराज खतिवडालाई नियुक्त गरिएको थियो । 

नवनियुक्त मन्त्रीले राष्ट्रपतिसँग पद तथा गोपनियताको सपथ लिनु भए लगत्तै राज्यमन्त्रीलाई प्रधानमन्त्री ओलीले शपथ खुवाएका  थिए । 
–––