भरतपुर, चैत्र ३ \\ बीपी कोइराला मेमोरीयल क्यान्सर अस्पताल, भरतपुरका कानुन अधिकृत गोकर्ण सापकोटालाइ डिजेल खन्याई, आगो लगाएर हत्या गर्ने प्रयास भएको छ।
बिहान ९ बजे मोटरसाइकलमा आइरहेका सापकोटालाइ माच्छापुछ्रे चोकमा रोकेर हत्याको प्रयास भएको हो।
“डिजेल खन्याएछन् र आगो झोस्नखोज्दा उम्केर ज्यान जोगाएछन्”, प्रहरी नायवउपरीक्षक शम्भुप्रसाद ढकालले भने।
घटनास्थलमा नेपाल कम्युनिष्ट पार्टी (बिप्लव) को पर्चा छरिएको भेटिएकोले यो अपराधिक कृयाकलाप त्यही पार्टीका कार्यकर्ताले गरेको अनुमान गरिएको छ।



