🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पूर्व-प्रधानन्यायाधीश गोपाल पराजुलीबिरुध्द अदालतको अवहेलना मुद्दा

काठमाडौं, चैत्र ४ \\     “प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको मानहानि हुने काम गरे” भनि गोपाल पराजुली प्रधानन्यायाधीशमा बहाल रहँदै सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दा दर्ता गर्ने वा नगर्ने ? आज आइतबार निर्णय हुनेभएको छ।

मनोज अधिकारीले दर्ता गराएको उक्त अवहेलना निवेदन आजको कजलिष्टअनुसार कामु प्रधानन्यायाधीश दीपकराज जोशीको इजलाशमा परेको छ।

यसअघि गोपाल पराजुली प्रधानन्यायाधीश  हुँदा उक्त निवेदन “प्रधानन्यायाधीश विरुद्ध अवहेलना-निवेदन दर्ता गर्न नमिल्ने” भन्दै तल प्रशासनले नै दरपिठ गरेको थियो। सर्वोच्च अदालतको प्रशासनले गरेको दरपिठविरुद्ध मनोज अधिकारीले इजलाशमा निवेदन दिएका थिए। उक्त निवेदनमाथि आज सुनुवाई हुनेभएको हो।

त्यही पुरानो निवेदनमाथि सुनुवाई गर्दै पूर्वप्रधानन्यायाधीश पराजुलीविरुद्ध अवहेलना मुद्दा दर्ता हुने कि नहुने निर्णय गरिनेछ।