🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रपति भण्डारी र पूर्व महाराज ज्ञानेन्द्र पहिलाेपल्ट राष्ट्रनिर्माताकाे जन्मजयन्ती मनाउँदै

काठमाडाैं । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती देशभर मनाइँदैछ ।  प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस  आज विविध कार्यक्रम आयोजना गरी बेग्लै  र ऐतिहासिक रूपमा देशभर मनाइँदैछ ।

  नेपाल राष्ट्रमा २०६५ सालमा राजतन्त्रकाे अन्त्य र गणतन्त्रकाे घाेषणापछि पहिलाे पटक नेपालका राष्ट्रप्रमुख राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व राष्ट्रप्रमुख तथा महाराज ज्ञानेन्द्र शाह दुबै जनाले सि्ंहदरवारकाे मूल गेट अगाडि रहेकाे बडामहाराजधिराज पृथ्वी नारायण शाहकाे सालिकमा माल्यापर्ण गर्ने कार्यक्रम रहेकाे सूचना सार्वजनिक भएकाे छ ।  

\"\"
    आज २०७८ पुस २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट बडामहाराजधिराज पृथ्वी नारायण शाहकाे सालिकमा माल्यापर्ण गर्ने कार्यक्रम  १०.४५   रहेकाे छ भने  पूर्व राजा ज्ञानेन्द्र शाहबाट १२.३० बजे बडामहाराजधिराज पृथ्वी नारायण शाहकाे सालिकमा माल्यापर्ण गर्ने कार्यक्रम सार्वजनिक भएकाे छ ।

यसरी राष्ट्रप्रमुख र जनस्तरबाट पहिलाे पल्ट पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती मनाइँदैछ ।  राष्ट्रपति विद्यादेवी भण्डारीबाट त काठमाडाैंकाे दहचाेकमा रहेकाे कालु पाण्डेकाे समाधिस्थल पुगेर सालिकमा समेत पहिलाेपल्ट माल्यापर्ण गर्ने कार्यक्रम रहेकाे छ ।

   बडामहाराजधिराज पृथ्वी नारायण शाहकाे विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । नेपाल एकीकृत हुनु अघि अघि नेपाल ५२ राज्यमा विभाजित थियो ।