🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

श्रीमती मारेको अभियोग लागेका व्यक्ति सात वर्षपछि पक्राउ

कपिलवस्तु । श्रीमतीलाई मारेको अभियोगमा एक जनालाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ । आगो लगाएर श्रीमतीको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सात वर्षपछि यशोधरा गाउँपालिका-६ रङ्गपुरबाट एक जनालाई पक्राउ गरेको हो ।

डिएसपी धर्मराज भण्डारीको कमाण्डमा खटिएको टोलीले भारतको सिद्धार्थनगर जिल्ला, नौगड ग्रामको धन्सा बस्ने मुलायम भन्ने सिकन्दर चमारलाई पक्राउ गरेको छ ।

मंगलबार राति १०स्३० बजे पक्राउ गरेको डिएसपी भण्डारीले बताए । चमारले २०७१ फाल्गुन ३० गते श्रीमती किश्लावती चमारको हत्या गरी फरार रहेका थिए । ससुराल कृष्णनगर नगरपालिका(६ श्रीनगरमा आएको बेला उनले श्रीमतीको हत्या गरी जलाएका थिए । 

छोरी ज्वाइँलाई घरमा सुताएर ससुरा गोठमा सुत्न गएको मौकामा हत्या भएको प्रहरीले जनाएको छ । मृतक किश्लावतीको शव माइती घरदेखि ३ सय मिटर टाढा अड्हरको खेतमा फेला परेको थियो । घटना भएको दुई दिनपछि कुकुरले किश्लावतीको काटिएको खुट्टा लगिरहेको अवस्थामा देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।