काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७८ पुस १८ गते सचिवस्तरीय निर्णय गर्दै ५७ जना कर्मचारीको सरुवा गरेको छ । राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिव अधिकृत कर्मचारीहरुलाई सरुवा, पदस्थापना र कामकाजमा खटाएको मन्त्रालयले जनाएको छ । तथापि आगामी स्थानीय तहकोे निर्वाचनलाई मध्यनजर गरी उनीहरुको सरुवा गरिएको हुनसक्ने अडकलबाजीहरु भइरहेकोछ । मन्त्रालयले अन्धाधुन्ध रुपमा दुई वर्ष अवधि नपुगिकन निजामती ऐन विपरीत सरुवा गरेको भएपनि काम काजमा खटाइएको भन्दै पानी माथिको ओभानो बन्ने प्रवृत्तिविरुद्ध केही कर्मचारीहरुले आपत्ति प्रकट गरेको बुझिएको छ ।
आफूहरुसँगकुनै परामर्श बिना नैसरुवा गरिएको प्रति कर्मचारी र निजामती कर्मचारी संगठनहरुले असन्तुष्टि जनाएका छन । त्यस्तै नगरपालिकाको कार्यकारी अधिकृत पदमा सरुवा भएको ६ महिनादेखि १ वर्ष नपुगिकन केही प्रमुख प्रशासकीय अधिकृतको मन्त्रालयले सरुवा गरेकोप्रति पनि पीडितहरु आपत्ति प्रकट गरेका छन् ।
सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, सचिव सुरेश अधिकारी र मन्त्रालयका हर्ताकर्ता सहसचिवहरुको भित्री र गुप्त योजनामाउनीहरुको सरुवा गरिएको बताइन्छ । आकर्षक र नगरपालिका हेरी कर्मचारी सरुवामा लेनदेन गर्दा नगरपालिकाको विकास निर्माणलगायत अन्य विषयमा प्रत्यक्ष असर पु¥याएको आरोप कर्मचारी संगठनले लगाएका छन् । एकै पटक यत्रो संख्यामा कर्मचारीको सरुवा गर्दा आफूहरुसँग कुनै परामर्श र छलफलसमेत नगरेको भन्दै कर्मचारी ट्रेड युनियनका नेताहरुले मन्त्रालयले गरेको सरुवाप्रति असन्तुष्टि प्रकट गरेका छन् ।
अतिरिक्त समूहबाट कसको कहाँ सरुवा ?
मन्त्रालयको अतिरिक्त समूहमा रहेका दिनेशप्रसाद पन्थीलाई संचार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । थम्मनसिंह गौतमलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकीमा लगिएको छ । मंगलबहादुर शाहीको सरुवा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सुदूर पश्चिम प्रदेशमा गरिएको छ । अर्जुन पौडेलको सरुवा गृह मन्त्रालयमा गरिएको छ । विशाल सापकोटाको सरुवा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत गरिएको छ । मन्त्रालयको अतिरिक्त समूहबाट सन्ध्या सिग्देलको सरुवा भूमि व्यवस्था सहकारी तथा गरीवी निवारण मन्त्रालयमा गरिएको छ ।
रामचन्द्र अर्याललाई गृह मन्त्रालयमा सरुवा गरिएको छ । उपसचिव अच्युत ढुंगानाको सरुवा संचार तथा सूचना प्रविधि मन्त्रालयमा भएको छ । सुरज घिमिरेको सरुवा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा भएको बताइन्छ । ममता बास्तोलाको सरुवा भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा गरिएको छ । मन्त्रालयकै अतिरिक्त समूहमा रहेका मानबहादुर गिरीलाई अख्तियार दुरुपयोग अनुसान्धान आयोगमा लगिएको छ । मोहन अर्याललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, लुम्विनी प्रदेशमा सरुवा गरिएको छ ।
मोहन अर्याललाई सरुवा गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पु¥याइएको छ । एक महिना अगाडि श्रम कार्यालय ताहाचलबाट सरुवा भई श्रम, रोजगार तथा सामाजिक मन्त्रालयमा गएका राजेश उप्रेतीको सरुवा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा गरिएको छ । उनको सरुवा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा गरिएको भएतापनि हाजिर हुन नगएपछि पर्यटन मन्त्रालयमा गरिएको समाचारश्रोतले बताएको छ । दलित आयोगमा कार्यरत जयबहादुर खड्का क्षेत्रीको सरुवा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा गरिएको छ । राष्ट्रिय कितावखाना (शिक्षा) ललितपुरका बसन्तराज पौडेलको सरुवा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गरिएको छ । टोखा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्यको सरुवा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा गरिएको छ ।
अतिरिक्तबाट नगरपालिकामा
सरुवा हुने भाग्यमानीहरु
मन्त्रालयको अतिरिक्त समूहमा रहेका राकेश गुरुङ्गको सरुवा कावासोती नगरपालिका नवलपरासीमा (बर्दघाट सुस्ता पूर्व) गरिएको छ । मिलन भट्टराईको सरुवा सुर्योदय नगरपालिका इलाममा गरिएको बताइएको छ । लंमजुङ्गको राइनास नगरपालिकामा गोकर्णराज सुयलको सरुवा गरिएको छ । झविन्द्र खनालको सरुवाशितगंगा नगरपालिका अर्घाखाँचीमा गरिएको बताइएको छ । रामग्राम नगरपालिका, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा राकेश पाण्डेको सरुवा गरिएको छ ।
उपसचिव सफल पोर्तेलको सरुवा पाख्रिवास नगरपालिका धनकुटामा भएको छ । नमिता रेग्मीको सरुवा धुनेबेशी नगरपालिका धादिङ्गमा गरिएको छ । महेश कुमार गुरुङ्गको सरुवा प्युठान नगरपालिका प्युठानमा भएको बताइन्छ । मन्त्रालयका रामकृष्ण श्रेष्ठलाई शिव सताक्षी नगरपालिका झापामा सरुवा गरिएको छ । चण्डिका पौडेलको सरुवा टीकापुर नगरपालिका कैलालीमा गरिएको छ । मन्त्रालयको अतिरिक्त समूहमा रहेका कृष्ण गिरीलाई भक्तपुर नगरपालिकामा लगिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिवनरहरि घिमिरेको सरुवा बाँसगढी नगरपालिका बर्दियामा गरिएको छ ।भुवनेश्वर लामिछानेको सरुवा बुढानीलकण्ठ नगरपालिकामा गरिएको छ ।
अतिरिक्त समूहमा थन्किने अभागीहरु
मन्त्रालयमा अतिरिक्त समूहमा रहेकी संझना देवकोटाको संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा नै सरुवा गरिएको छ । यसैगरी बसन्त बहादुर बोहराको सरुवा पनि मन्त्रालयको अतिरिक्त समूहमा नै गरिएको छ । भक्तपुरक चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीको सरुवा पनि मन्त्रालयको अतिरिक्त समूहमा नै गरिएको छ ।
को–को छन्नगरपालिकाबाट
नगरपालिका नैपाउने भाग्यमानीहरु
बुढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की सरुवा भएर जिल्ला समन्वय समिति सर्लाही पुगेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका शंकर राज पाठकको सरुवा टोखा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गरिएको छ । शंखरापुर नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेको सरुवा अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा गरिएको छ । प्रदेश सभा सचिवालय लुम्बिनी प्रदेशमा कार्यरत रमेश गौतमको सरुवा शंखरापुर नगरपालिकामा गरिएको बताइन्छ ।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यको सरुवा भने जिल्ला समन्वय समिति रसुवामा गरिएको छ । उनको ठाउँमा मध्यनेपाल नगरपालिका लंमजुङ्गमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटालाई खटाइएको छ । जिल्ला समन्वय समिति कास्कीमा कार्यरत नवराज बराललाई मध्यनेपाल नगरपालिका लंमजुङ्गमा खटाइएको छ । भिमाद नगरपालिका तनहुँमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत थमन सिंह थापाको सरुवा भने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशमा गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक मन्त्रालय अन्तर्गत कार्यरत भोजराज घिमिरेको सरुवा कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा गरिएको छ । कागेश्वरी मनोहराका गिरीराज ज्ञवालीको सरुवा घिमिरेको ठाउँमा गरिएको छ । टीकापुर नगरपालिका कैलालीको प्रमुख प्रशासकीय अधिकृत रहेका हरिप्रसाद चापागाईंको सरुवा चाँगुनारायण नगरपालिका भक्तपुरमा गरिएको छ । उनको सरुवा चार महिना अगाडि गरिएको भएपनि उनी मन्त्रालयमा अटेर गरी बसेको बताइन्छ । सैनामैना नगरपालिका रुपन्देहीबाट सरुवा भएर बाग्लुङ्ग नगरपालिकाको कार्यकारी अधिकृत बन्न सफल भएका भाग्यमानी हुन टेकराज पन्थी ।
त्यस्तै बागलुङ्ग नगरपालिका बागलुङ्गको प्रमुख प्रशासकीय अधिकृतबाट तिलोत्तमा नगरपालिका रुपन्देहीमा जान सफल भएका अर्का भाग्यमानी कर्मचारीमा पर्छन् जीवन ज्ञवाली । यस्तै अर्काभाग्यमानी हुन महेन्द्रजंग शाही । शाही दुल्लु नगरपालिका दैलेखबाट बारबर्दिया नगरपालिका बर्दियाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा हुन सफल भएका छन् । यसैगरी नगराइन नगरपालिका धनुषाका राजकुमार केसी पनि नगरपालिकाबाट नगरपालिकामा नै सरुवा हुन सफल भाग्यमानी कर्मचारी भित्र परेका छन् ।
उनको सरुवा दुहवी नगरपालिका सुनसरीमा गरिएको छ । चन्द्रपुर नगरपालिका रौतहटका प्रमुख प्रशासकीय अधिकृत सुरेश प्रधानको सरुवा जिल्ला समन्वय समिति रौतहटमा नै गरिएको छ । कावासोती नगरपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीको सरुवा जिल्ला समन्वय समिति नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गरिएको बताइन्छ ।
मन्त्रालय र नगरपालिकाबाट
विभिन्न निकायमा सरुवा हुनेहरु
गृह मन्त्रालय वा अन्तर्गतको निकायबाट मोहन अधिकारीको सरुवा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरिएको छ । संचार तथा प्रविधि मन्त्रालयकी संगिता ओझा तिम्सिनाको सरुवा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गत गरिएको छ । सामान्यका रोशन ज्ञवालीको सरुवा महालक्ष्मी नगरपालिका ललितपुरको प्रमुख प्रशासकीय अधिकृतमा गरिएको छ ।
महालक्ष्मी नगरपालिकाका पुरुषोत्तम सापकोटाको सरुवा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रदेश नम्बर २ मा गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वा अन्तर्गत गण्डकी प्रदेशबाट भीमप्रसाद तिवारीको सरुवा सैनामैना नगरपालिकामा गरिएको छ । तिलोत्तमा नगरपालिका रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलको सरुवा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वा अन्तर्गत प्रदेश नम्बर १ मा गरिएको छ । त्यसैगरी दुहबी नगरपालिका सुनसरीमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेको सरुवा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वा अन्तर्गत भएको छ ।
दशरथ बुढा बारवर्दिया नगरपालिका बर्दियाकाप्रमुख प्रशासकीय अधिकृतको सरुवा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय वा अन्तर्गत गरिएको मन्त्रालयले जनाएको छ ।



