🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अर्थात जेमन्त् : शरदराज गौतम

कर फछ्र्यौट आयोगमा बदनियत र बदमासी गरि
मुलुकलाई हानी नोक्सानी पु¥याएको अभियोगमा
अख्तियारले मुद्दा दायर गरेका चुडामणि शर्मा
हिरासत र अदालत ओहोेरदोहोर गर्दा देखिने दृश्य थियो, यो ।
उनी अरुलाई देखाउने गरि नेपालको संविधानको रातोकिताब बोकि हिंड्थे ।
स्वभाविक थियो,
जिन्दगीमा सरकारी सेवामा प्रवेश गर्न चाहनेहरुलाई उल्लु बनाउने 
किताबका सर्र्वाधिक लोकप्रिय लेखक थिए, चुडामणि शर्मा ।
र, कोचिङ क्लासमा उनी बिकाउ पनि थिए ।
धेरैलाई लाग्दथ्यो,
उनी हिरासतमा सायद संविधानका बारे जाँच दिन खोज्ने विद्यार्थीहरुकालागि
अभ्यास पुस्तिकाबनाइ रहेका होलान ।
अष्ट महर्जन मात्रै एउटा पात्र थिए, तिनताका मेरो वरिपरि ।
उनी लोकसेबाको जाँच दिइरहेका थिएनन् तर टीभीमा यी सबै दृश्यमा उनी साक्षी थिए ।
उनी पढेलेखेका धेरै होइनन् ।
तर, धरहरा वरिपरि उनका पूर्खाले कमाएका जतिपनि खेतवारी थिए
अष्टको पालामा ती सब माफिया र संविधानका कर्तुतहरुका कारण उनबाट खोसिएका थिए ।
एउटा निर्धो ज्यापुकालागि गणतन्त्रात्मक संविधानको कुनै धारा सकृय हुन सक्तैन्थ्यो ।
तर, बयान दिन जाँदा एउटा अभियुक्त 
संविधान देखाई देखाईकिन जान्छ, उनी सशंकित चाहिं भएका थिए ।
र, अन्त्यमा भयो पनि त्यै ।
चुडामणि शर्मा सबैको अपेक्षा बमोजिम धरौटीमा रिहा ।
संविधानका ऋचा ऋचाहरुमा अहिले चलाइएको वा चलिरहेको जति पनि बहस छन 
त्यसले मलाई फेरि पनि अष्ट महर्जनको नियति सम्झाई दिएको छ ।
एउटा निर्धो मुलुकबासीकालागि कोइ पनि उभ्भिने छैन ।
स्थानीय तहको चुनाव हुनु नहुनु कुनै बातै होइन ।
निर्वाचन कुन अहंकारको सोधभर्ना हो
र, कुन ढाँटको बापती, त्यति मात्रै बुझिन्न ।
सबभन्दा रमाइलो त यो पटदृश्यमा महामहिमको मञ्च प्रवेशबाट भएको छ ।
चुडामणि आरोपित थिए,त्यो पनि मुलुकको सर्वाधिक भ्रष्टाचार मुद्दामा ।
उनी देखाउन मात्रै होइन, टिठाउनपनि संविधान बोकि हिंड्थे ।
महामहिम संविधानको ढड्ढा बोकेर पहाडा गाउन थालेकी छिन ।
यस्तोमा फैसला  हुन्छ हुन्छ, धरौटी त मागिएला मागिएला ।
अष्ट महर्जन कति मात्रै बुझ्दैन भने कुकुरको म्याटि¨ किन ऋतुसित जोडिन्छ ।
माघको घाम न्यानो हुन पाएको छैनसडकका छाउराहरु कसरी पत्तो पाउँछन्
महामहिममा संविधानको फुरेको गन्ध चल्न थालेछ भनेर ।
यस्तोमा एउटा कुरा पक्का हुन्छ ।
संविधानमाथि धारिलो खुकुरी खसोस कि धारिलो खुकुरीमाथि संविधान
घाइते फर्सी संविधान मात्रै हुनेछ ।
सबैको निशाना पनि त्यही मात्रै हो ।
संविधान नपुग्नेहरुकालागि पनि र संविधानमा झुसिएर पोखिनेहरुका लागि पनि ।
यो मुलुकसित शासन प्रणालीमा कसैको बिल्लीबाँठ भएको छ भने
त्यो संविधान मात्रै हो ।
ओल्टाइपोल्टाइ त्यसलाई निरीह र पंगु नबनाइञ्जेल मुलुकसित अर्थोक संभव नै छैन ।
मुलुकमा अब कसैले पनि संविधान सभारक्षा गर्न सक्ने छैन ।
र, पाउने पनि छैन ।
न कसैले संविधान वाचनको संघगान नै गाउने छन ।
मेरो विचारमा,
हामी सबैले आफूलाई त्यसै अनुरुप तयार गर्नु पर्ने हुन्छ ।
कुन ऋतुमा कसको म्याटि¨ सिस्टम बौरीने हो, भन्नै सकिन्न ।