🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सिजा क्षेत्रका बजारबाट ६० हजार बाराबरको अखाद्य वस्तु नष्ट 

जुम्ला । जुम्लाका  सहायक प्रमुख जिल्ला अधिकारी प्रर्मिला रिजालको  नेतृत्वमा  बुधबार गएको अनुगमन टोलीले बरामद गरेको ६० हजार रूपैयाँ बराबरको  अखाद्य वस्तु नष्ट गरेको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाका अनुसार जिल्ला सदरमुकामदेखि टाढा रहेका बजारमा अखाध्य वस्तु बिक्री भइरहेको गुनासो आएपछि अनुगमन गरिएको हो । सो क्रममा पसलहरूमा म्याद सकिएका समानहरू फेला परेका हुन् । 

अनुगमन टोलीले जुम्लाको सिंजा क्षेत्रमा पर्ने कनकासुन्दरी गाउँपालिकास्थित गोठीज्यूलाका १४ वटा पसलबाट म्याद सकिएका सामान बरामदपछि नष्ट गरेको हो  । कर्णाली राजमार्ग अन्तर्गत नाग्म गमगढी राजमार्गमा पर्ने गोटीज्युला बजारमा प्रहरी प्रशासन, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्ला, कनकासुन्दरी गाउँपालिका जनप्रतिनिधि र पत्रकारको छड्के अनुगमन गर्दा म्याद नाघेका अखाद्य वस्तु तथा सामान ठुलो मात्रामा भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी  रिजालले बताइन् । उनले भनिन्, ुव्यवसायीले तीन वर्षदेखि म्याद नाघेका खुद्रा सामग्रीहरू बेचिरहेका रहेछन् ।ु उनल उपभोतालाई पनि सचेत हुन आग्रह गरेका छन् । 

अनुगमन टोलीले गोटिज्यूला बजारका खुद्रा पसलबाट म्याद नाघेका चाउचाउ, बिस्कुट, चक्लेट, पेय पदार्थलगायत बरादम गरी नष्ट गरेको हो । ुचाउचाउ मात्रै ५८  कार्टुन नष्ट गरिएको छ ।ु खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय जुम्लाका प्राविधिक साहयक भरत रोकायाले भने । उनका अनुसार बालबालिकाले प्रयोग गर्ने मिठाई समेत म्याद नाघेका फेला परेका छन् ।