🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पशुपति क्षेत्रमा अबैध फूल-उपहार पसल र टहरा हटाइँदै

काठमाडौं, २१ माघ  : पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर आसपासमा रहेका फूल, उपहार पसल र टहरा हटाउन १५ दिने अल्टिमेटम दिएको छ ।

पशुपति क्षेत्रको सौन्दर्यतामा नकरात्मक असर पर्ने तथा भक्तजन, तिर्थयात्री, पर्यटक र पैदलयात्रीको आवागमनमा समेत अवरोध पुगेको भन्दै फू-उपहार पसल र टहरा हटाउन निर्देशन दिइएको हो । 

कोषका अनुसार मुख्यतः पशुपति क्षेत्रका मुल सडक, सहायक सडकहरुका पेटी, डबली र खुल्ला चौर, कैलाश डाँडा तथा मृगस्थली, गोरखनाथ क्षेत्र, वन गणेश, पञ्चदेवल बृदाश्रम, भकुन्डोल क्षेत्रका फूल उपहार पसल र टहरा हटाउनुपर्नेछ ।

१५ दिनभित्र अर्थात ३ फागुनभित्र खाली गर्न सूचना जारी गरेको कोषले सो समय भित्र खाली नगरेमा आफै हटाउने चेतावनी दिएकाे छ ।

न्युज कारखाना