🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जनयुद्धको उपलब्धिलाई प्रचण्डले कुर्सीसँग साटे: प्रभु साह

गौर, १ फागुन । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले 'जनयुद्ध'को उपलब्धिलाई सत्ताको कुर्सीसँग साटेको आरोप लगाएको छन् । 

२७ औं जनयुद्ध दिवसको अवसरमा आइतबार रौतहटको फतुवा विजयपुरमा आयोजित शहिद मनरुप महतो स्मृति पार्क तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले प्रचण्डलाई 'लाल गद्दार'को संज्ञा दिए ।

परिवर्तनको एजेन्डाका साथ भएको जनयुद्धको मुल मर्मलाई लत्याउदै प्रचण्डले सत्तामा पुग्ने बाटोको रूपमा मात्र लिएको नेता साहको भनाइ छ । सयौं शहिदको रगतको बलमा जनयुद्धमार्फत देशमा प्राप्त उपलब्धिहरु कांग्रेसको पाउँमा चढाएको उनको आरोप छ ।

नेता साहले रौतहटका प्रथम 'जनयुद्ध' शहिद मनरुप महतोको नाममा फतुवा विजयपुर नगरपालिकाको भैंसहीमा निर्मित पार्क तथा भवनको उद्घाटन गरे । फतुवा विजयपुर नगरपालिकाकि उपमेयर समेत रहेकी सहिद मनरुप महतोको श्रीमती कान्ति देवी महतोको अगुवाईमा मनरुप स्मृति पार्क र भवन निर्माण भएको हो । 

उद्घाटन कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज उपेन्द्र साह, केन्द्रीय सदस्यहरू कुन्दन कुश्वहा र उद्धव रेग्मी, प्रदेश उप-सचिव आरती भण्डारी, जिल्ला अध्यक्ष त्रिभुवन साह(अमर), मौलापुर नगरपालिकाकी मेयर रीना साह, कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालगायतका नेताहरुको सहभागिता रहेको थियो ।