🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

३२ सहसचिवको सरुवामा काखा र पाखा : काम गर्ने डीजी पौडेल छ महिना मै किन खेदिए ?

काठमाडौं । निर्वाचनको मिति तय भएको अवस्थामा हतार हतार संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७८ माघ २८ गते मन्त्रीस्तरीय निर्णयबाट ३२ जना सहसचिवको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा मन्त्रालयको अतिरिक्त समूहमा रहेका राजपत्रांङ्कित प्रथम श्रेणी सह–सचिवहरूको सरुवा र काम काजमा खटाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले (नेपाल प्रशासन सेवा समूह) अतिरिक्त समूहमा रहेका सहसचिवहरू गोपाल कुमार अधिकारी र रामबहादुर कुरुम्वाङ्गको सरुवा अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तर्गत गरेको छ ।

 यसैगरी सहसचिव हीरामणि शर्माको सरुवा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरिएको छ । केही दिन अगाडि मात्र भंसार विभागबाट तानेर सामान्य मन्त्रालयको अतिरिक्त समूहमा थन्क्याइएका सहसचिव नारायण प्रसाद सापकोटा र अतिरिक्त समूहमा रहेका अर्का सहसचिव श्रवण कुमार पोखरेललाई गृह मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको बताइएको छ । सहसचिवहरु ज्ञानेन्द्र प्रसाद ढकाल र टामलाल पाण्डेको सरुवा भने लोक सेवा आयोग वा अन्तर्गत गरिएको छ ।

 यसैगरी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव टंकप्रसाद पाण्डेको सरुवा अर्थ मन्त्रालयमा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वा अन्तर्गत कार्यरत बाबुराम खतिवडाको सरुवा प्रदेश नं. १ को लोकसेवा आयोगमा गरिएको छ ।

मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव रुद्रप्रसाद पण्डित र पद्मनिधि सोतीकोे सरुवा भने भूमि व्यवस्थापन तथा गरिबी निवारण मन्त्रालयमा गरिएको छ । सामान्यकै अतिरिक्तमा रहेका सहसचिव ध्रुवराज पण्डितको सरुवा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा गरिएको छ भने कृष्णप्रसाद तिम्सिनाको सरुवा आदिबासी जनजाति आयोगमा गरिएको बताइन्छ ।

 उता आदिवासी जनजाति आयोगमा कार्यारत बिनु बज्राचार्य कुँवरको सरुवा समान्य मन्त्रालयकै अतिरिक्त समूहमा गरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट कबिराज पौडेलको सरुवा राष्ट्रिय महिला आयोगमा गरिएको छ । सोही मन्त्रालय अन्तर्गत सहकारी विभागको महानिर्देशकबाट तानेर झलकराम अधिकारीलाई सामान्यको अतिरिक्त समूहमा थन्क्याइएको छ । 

दलित आयोगमा कार्यरत सहसचिव निराजन घिमिरेको सरुवा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव शिवराम गेलाललाई राष्ट्रिय दलित आयोगमा लगिएको छ । युवा तथा खेलकुद मन्त्रालयका विष्णुराज ढकाललाई नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरिएको छ ।

  नेपाल ट्रष्टका बिदुरप्रसाद खनाललाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । सामान्यको अतिरिक्त समूहमा रहेका अन्जन कुमार मिश्रलाई राष्ट्रिय मधेशी आयोगमा सरुवा गरिएको छ । अतिरिक्त समूहका सहसचिव शिवनाथ पौडेललाई मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ ।

युवराज कट्टेल सामान्य मन्त्रालयको अतिरिक्त समूहबाट गृह मन्त्रालयमा सरुवा हुन पुगेका छन भने राष्ट्रिय महिला आयोगकी शैलजा रेग्मी भट्टराईको सरुवा राष्ट्रपति कार्यालयमा गरिएको छ ।

भर्खरै आन्तरिक राजश्व विभागको महाननिर्देशक बनेका र संकटको घडीमा राजश्व संकलनमा महत्वपूर्ण भूमिका खेल्दै आएका शोभाकान्त पौडेललाई ६ महिना पनि काम गर्न नदिइ खेदेर  सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा थन्क्याइएको छ ।

अर्थ मन्त्री जनार्दन शर्माले आन्तरिक राजश्व विभागमा निस्वार्थ काम गर्दागर्दै डीजी पौडेललाई लखेटेकोमा कर्मचारीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । सामान्यको अतिरिक्त समूह, ‘अन्य आयोग’ र नेपाल ट्रष्टमा सरुवा हुने सहसचिवहरुलाई सरकारले खेदेको रुपमा कर्मचारीहरुले लिने गरेका छन् ।  

वन तथा वातावरण मन्त्रालयका सुपरिटेण्डेट केमिष्ट सहसचिव इन्दुबिक्रम जोशीको सरुवा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको छ । सामान्यमा अतिरिक्त समूहमा रहेका प्रेमराज गिरीलाई आन्तरिक महिला तथा कानून मन्त्रालय, कर्णाली प्रदेशमा सरुवा गरिएको छ । सामान्यको अतिरिक्त समूहबाट सहसचिव मदन कोइरालाको सरुवा बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयमा गरिएको छ ।

 युवा तथा खेलकुद मन्त्रालयका कमल पोखरेलको सरुवा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा गरिएको छ । काठमाडौं महानगरपालिकामा रह“दा अनियमित काम गरेको आरोप लागेका सहसचिव राजेश्वर ज्ञवाली, प्रदेश नं. १ को लोकसेवा आयोगका यज्ञराज कोइराला र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय धनगढी कैलालीमा कार्यरत ढुण्डी प्रसाद निरौलालाई अर्थ मन्त्रालयमा भित्र्याइएको छ । तिनै सहसचिवहरु अर्थ मन्त्री जनार्दन शर्माको रोजाइमा परेका छन् । जसलाई भाग्यमानी सहसचिवहरु भनेर चर्चा गरिदैछ ।

 आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेल र भंसार विभागका महानिर्देशक नारायण प्रसाद सापकोटालाई सरकारले २०७८ भदौ ३ गते महानिर्देशकको जिम्मेवारी दिएको थियो । तर, छ महिना बित्दाबित्दै अर्थ मन्त्रालयले दुबैको सरुवा गरेको छ ।

 राम्राे काम गर्ने र जाँगरिलो सहसचिव कहलिएका डीजी पौडेललाई ६ महिनामै अर्थबाट खेदेर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा लगेर थन्क्याइएको छ भने सापकोटालाई भने गृहमा सरुवा गरिनुले निजामती प्रशासनमा बेतिथी मौलाएको रुपमा अर्थ्याइएको छ ।

(सहसचिवहरूकाे सरूवाकाे विवरण हेर्न यहाँ क्लिक गराैं )

https://www.mofaga.gov.np/news-notice/2612