🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

साउथ सुपरस्टार प्रभासले पठाए नेपाली फ्यानलाई सन्देश

काठमाडौं । साउथ सुपरस्टार प्रभासले नेपाली दर्शकलाई सम्बोधन गर्दै भिडियो सन्देश पठाएका छन् । एक भिडियो सन्देशमार्फत उनले आफ्नो रिलिजको क्रममा रहेको फिल्म ‘राधे श्याम’लाई अघिल्ला फिल्मझैँ माया गर्न आग्रह गरेका छन् । 

‘नमस्ते नेपाल । मेरो फिल्म राधेश्याम ११ मार्चमा नेपालका फिल्म हलहरूमा रिलिज हुँदै छ । हेरेर माया गरिदिनुहोला,’ आफ्नो सन्देशमा प्रभासले भनेका छन् । उनले यो भिडियो सन्देश फिल्म ‘राधे श्याम’को नेपाल वितरकलाई पठाएका हुन् ।

फिल्म आउँदो शुक्रबारदेखि नेपालमा पनि प्रदर्शन हुँदै छ । फिल्ममा प्रभासले पूजा हेग्डेसँग अनस्क्रिन रोमान्स गरेका छन् । सन् १९७० को युरोपको सेटिङमा बनेको यो रोमान्टिक फिल्मलाई राधाकृष्ण कुमारले निर्देशन गरेको हुन् ।

‘बाहुबली’को प्रदर्शनयता नेपालमा पनि प्रभासको फ्यान छन् । उनको पछिल्लो रिलिज ‘साहो’को इनिसियल कलेक्सनले पनि यसलाई प्रस्ट्याइसकेको छ ।