🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ट्राफिक नियम सचेतनाका लागि स्लो बाईक रेस प्रतियोगिता

लमजुङ । ट्राफिक नियम सचेतनाका लागि लमजुङको बेँसीशहरमा स्लो बाईक रेस प्रतियोगिता आयोजना गरिएको छ । बढ्दो सडक दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीको समन्वयमा रोट्रयाक्ट क्लब अफ लमजुङ, रोटरी क्लब अफ लमजुङको आयोजना र बेँसीशहर नगरपालिकाको आर्थिक सहयोगमा रेसको आयोजना गरेको हो ।

'छिटो गए भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ' भन्ने नाराका साथ रोटा सप्ताहको अवसर पारेर प्रतियोगिता सञ्चालन गरेको रोट्रयाक्ट क्लब अफ लमजुङका अध्यक्ष मुकेश कुँवरले बताए । प्रतियोगितामा रेशम भारती सबैभन्दा बिस्तारै निर्धारित दुरी पार गरी विजेता बन्न सफल भए । २८ जनाको सहभागिता रहेको प्रतियोगितामा अनुप श्रेष्ठ दोश्रो र सन्दीप लामा तेस्रो भए ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो भएकालाई ट्रफी, प्रमाणपत्र र हेलमेटसहितको पुरस्कार उपलब्ध गराइएको थियो । प्रतियोगिताले सवारी दुर्घटना न्युनिकरणका लागि सचेतना मिलेको बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए । स्लो बाइक रेस प्रतियोगिताले सवारी दुर्घटना न्युनिकरण गर्न सहयोग पुग्ने रोटरी डिष्ट्रिक ३२९२ का सहायक गभर्नर डा. तिलकबाबु घिमिरेले बताए ।