🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आन्दोलनरत कर्मचारी र प्रहरीबीच झडप हुँदा १० जना घाइते 

पोखरा, १९ चैत (रासस) : स्थानीय मणिपाल शिक्षण अस्पतालका आन्दोलनरत कर्मचारी र प्रहरीबीच झडप हुँदा १० जना घाइते भएका छन् । 

अस्पताल प्रशासन कार्यालय अगाडि विभिन्न माग राखी धर्ना दिँदै आएका कर्मचारी र प्रहरीबीच झडप हुँदा सात प्रहरी र तीन आन्दोलनरत कर्मचारी घाइते भएका हुन् । कर्मचारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरी अस्पतालमा तोडफोड गरेको आरोपमा प्रहरीले २० आन्दोलनकारीलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिएका छन्  । प्रहरी उपरीक्षक सिंहका अनुसार घाइते प्रहरीको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । 

आन्दोलनरत कर्मचारी युनियन मनिपालका अध्यक्ष नवराज भण्डारीसहित २० कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिएका छन्  । आन्दोलनकारीले अस्पतालको दोस्रो तलामा रहेको सिसालगायत डिनको कार्यालयमा तोडफोड गरेका छन् ।

तलबको १० प्रतिशत घरभाडाबापतको सुविधा दिनुपर्ने, खटिएका इञ्चार्जलाई छुट्टै भत्ता व्यवस्था गर्नुपर्ने, सञ्चित बिदाको १८० दिन (पूरै) बिदा पाउनुपर्ने, लामो समयदेखि अस्थायी र करारका कर्मचारीलाई तुरुन्त स्थायी गरिनुपर्ने माग गर्दै कर्मचारीले आन्दोलन गर्दै आएका छन् । 
–––