🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

स्थानीय तह निर्वाचन : अछाममा तीन दलको गठबन्धन

अछाम । स्थानीय तहको निर्वाचन आउन अब ३९ दिन बाँकी छ । राजनीतिक दल र निर्वाचन आयोगले तयारी तीव्र पारेका छन् । सरकारमा रहेका पाँच दलले तालमेल गरेर जाने गठबन्धनको निर्णयअनुसार प्रचारप्रसारलाई निरन्तर दिएका छन् भने नेकपा एमाले स्थानीय चुनावमा एक्लै जाने तयारीमा रहेको छ । सरकारले ३० वैशाखमा स्थानीय तहको मिति तोकेसँगै अछाममा पनि राजनितीक दलहरू चुनाव केन्द्रित भएका छन् । जिल्लामा क्रियाशील ३ राजनीतिक दलले आसन्न स्थानीय तह चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् ।

कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले अछामका १० वटै स्थानीय तहमा गठबन्धन गरेर जाने सहमति गरेका छन् । जिल्लाका १० वटै स्थानिय तहका सबै ९१ वटै वडामा गठबन्धन गर्ने निर्णय गरेका हुन् । सोमबार जिल्लामा एक कार्यक्रमका बीच कांग्रेस जिल्ला सभापति पुष्पबहादुर शाह, माओवादी केन्द्रका जिल्ला संयोजक रवीन्द्र साउँद र एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष हिरण्ड भट्टराईले निकालेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ।  

‘केन्द्रीय गठबन्धनलाई आत्मसात गर्दै आगामी स्थानीय तह निर्वाचन २०७९ मा जिल्लाको १० वटै स्थानीय तह र ९१ वटै वडाहरूमा गठबन्धनअघि बढाउन हामी एकताबद्ध छौं ।’ उनीहरुले स्थानीय तहका कमिटी र कार्यसमितिहरूलाई गठबन्धनको मर्म र भावनाअनुसार अघि बढ्न अनुरोध पनि गरेका छन् । साथै आउँदै गरेको स्थानीय तहको चुनावलाई लक्षित गर्दै गठबन्धन दलमा आबद्ध सबैलाई सक्रिय रूपमा लागेर हरेक गतिविधिहरूलाई अघि बढाउन आग्रहसमेत गरेका छन् ।