🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काेराेनाबाट मृत्यू शून्य : सात जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ, २४ चैत (रासस) : देशभर पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ६६८ को परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ५४५ पुगेको छ ।

    एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ४० हजार १४७ रहेको छ । पछिल्लो समय थप २५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६५ हजार ८४७ पुगेको छ । यो दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ भने पछिल्लो २४ घण्टामा कसैको पनि ज्यान गएको छैन । सङ्क्रमणबाट हुने मृत्यु दर १.२ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय ५० हजार ९३ ले खोप लगाएका छन् ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ७४७ रहेको छ । होम आइसोलेशनमा ७१७ रहेका छन् भने संस्थागत आइसोलेशनमा ३०, आइसियुमा ११ र भेन्टिलेटरमा एक जनाले उपचार गराइरहेका छन् ।
–––