🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अमेरिकी कांग्रेसका ३९८ सदस्यमाथि रुसी प्रतिबन्ध

न्युयोर्क, १ वैशाख । युक्रेनलाई लिएर वासिंगटनले गरेको दण्डात्मक कदमको बदलास्वरूप रुसले बुधबार अमेरिकी कांग्रेसका ३९८ सदस्यमाथि प्रतिबन्ध लगाएको छ ।  ‘अमेरिकाले लगातार लगाउँदै आएको प्रतिबन्धलाई ध्यानमा राख्दै, निकट भविष्यमा रुसी प्रतिबन्धका थप घोषणाहरू गर्ने योजना छ’, रुसी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । उनीहरुलाई रुस प्रवेशमा प्रतिबन्ध लगाइएको छ । 

रुसले क्यानडाको सिनेटका ८७ सदस्यहरुमाथि पनि प्रतिबन्ध लगाएको छ । ओटावाको ‘अदूरदर्शी’ नीतिहरूको जबाफमा थप कदम चालिने पनि विदेश मन्त्रालयले चेतावनी दिएको छ । 

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुवरीमा युक्रेनमाथि हमला सुरु गरेसँगै पश्चिमा देशहरुले मस्कोमाथि विभिन्न प्रतिबन्धहरु लगाएका थिए । त्यसको बदलामा रुसले पनि ति देशहरुमाथि प्रतिबन्ध लगाएको हो ।

यसैबीच, रुसी सेनाले आफ्नो हमला पूर्वी युक्रेनमा केन्द्रित गरेको छ ।
एजेन्सी