🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बाँझघरे टाेल : हरेक परिवारका सदस्य वैदेशिक राेजगारीमा

खोटाङ, २ वैशाख । हिजोआज वैदेशिक रोजगारमा संलग्न घर परिवार पाउन गार्‍हो छ । गाउँका अधिकांश परिवारका कोही न कोही सदस्य विदेश पुगेका छन्, कतिपय पुगेर फर्किसकेका छन् ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेको बाँझघरे टोल त्यसकै एउटा उदाहरण हो । श्रेष्ठ समुदायको बसोबास रहेको बाँझघरे टोलका अधिकांश परिवार कुनै न कुनै हिसावले वैदेशिक रोजगारीमा संलग्न छन् । बाँझघरे टोलमा १७ परिवारको बसोबास छ । त्यसमध्ये १५ परिवार वैदेशिक रोजगारमा संलग्न छन् ।

इन्द्र श्रेष्ठ र खड्ग श्रेष्ठको परिवार मात्र हालसम्म वैदेशिक रोजगारमासामेल भएका छैनन् । एकराज श्रेष्ठ, छविलाल श्रेष्ठ, मुगाधन श्रेष्ठ, रमेश श्रेष्ठ, टंक श्रेष्ठ, महिन्द्र श्रेष्ठ, सूर्यबहादुर श्रेष्ठ, खड्गबहादुर श्रेष्ठ, तिलबहादुर श्रेष्ठ, पुन्नबहादुर श्रेष्ठ, पर्शुराम श्रेष्ठ, बच्चु कैलास, भोजकुमार श्रेष्ठ, नैनबहादुर श्रेष्ठ, इच्छाराम श्रेष्ठ र परमिला श्रेष्ठको परिवारका कुनै न कुनै सदस्य वैदेशिक राेजगारीमा छन् ।

वैदेशिक रोजगारीबाट कमाएको रकमले कतिपय परिवारको आर्थिक अवस्थामा सुधार आएको छ । घर व्यवहार चलाउन, छोराछोरीको शिक्षामा खर्च गर्नदेखि बचत गर्नमा वैदेशिक रोजगारको योगदान रहेको टंक श्रेष्ठले बताए ।

सबै परिवार तरकारी खेतीमा 

विदेशबाट फर्किएका खाल्लेको बाँझघरे टोलका स्थानीय व्यवसायीक कृषि पेशामा संलग्न छन् । विदेशमा कडा श्रम गरेका स्थानीय गाउँमा फर्किएर गोलभेँडा, काँक्रो, फर्सी, तितेकरेला, प्याज लगायतका तरकारी खेतीमा संलग्न छन् । तरकारी खेतीलाई उनीहरुले नियमित आम्दानीको स्राेत बनाएका छन् । उसो त बाँझघरे टोलमा १८ वर्षअघिदेखि व्यवसायीक रुपमा तरकारी खेती सुरु गरिएको हो ।

स्थानीय इन्द्र श्रेष्ठले कृषि सम्बन्धी हप्ता दिनको तालिम लिएर तरकारी खेती सुरु गरेका हुन् । त्यसपछि उनको सिको गर्ने क्रम सुरु भएको हो । पछिल्लो समय बैदेसिक रोजगारबाट फर्किएका छिमेकीले समेत व्यवसायीक कृषि कर्म अपनाइरहेको इन्द्र श्रेष्ठ बताउँछन् । 

 हाल बाँझघरे टोलका किसानले प्रतिपरिवार मासिक ३५ हजारको हाराहारीमा आम्दानी गर्ने गरेका छन् । उत्पादित तरकारी उनीहरुले डोकोमा बोकेर दिक्तेलमा लाग्ने हटियामा पुर्‍याउने गरेका छन् । बाँझघरे टोलका किसान सुर्यद्धय कृषक समुहमा आवद्ध छन् । किसानलाई संगठित गर्नका लागि ३ वर्षअघि कृषक समुह गठन गरिएको हो । 
 

राज्यको छैन सहयोग 

बाँझघरे टोलका प्रत्येक घरमा व्यवसायीक तरकारी खेती भए पनि राज्यबाट अनुदान भने नपाएको गुनासो छ । हालसम्म आफ्नै बलबुतामा बिउ तथा बेर्ना खरिद तथा उत्पादन गर्दै तरकारी खेती लगाइरहेको एकराज श्रेष्ठ बताउँछन् । बोल्ने तर खेती नगर्नेले अनुदान पाउँदा खेती गर्ने तर नबोल्ने किसान अनुदानबाट बञ्चित बनिरहेको उनीहरु बताउँछन् ।

किसानलाई अनुदानका लागि वडा, नगरपालिका वा अन्य निकायमा धाइरहने फुर्सद नै हुन्न । कतिपय किसान अनुदानका लागि घरको काम छाडेर जान भ्याउँदैनन् । अनुदान खोज्दै हिँड्न थाले खेतीको काम बित्छ । यही कारण वास्तविक किसान अनुदानबाट विमुख बन्न पुगेको एकराज बताउँछन् । 

 बाँझघरे टोलका किसानले एक-एक थान प्लाष्टिक टनेल तथा केही प्लाष्टिक पोखरी बाहेकका अनुदान पाएका छैनन् । व्यवसायीक रुपमा काम गरिरहेको भए पनि अनुदान नपाउँदा किसान निरास छन् । 

न्युज कारखाना 

\"Avatar\"

 
 
 
\"Avatar\"