🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चीनले सोलोमन टापुसँग सुरक्षा सम्झौता गरेपछि यी तीन शक्तिशाली देशको चिन्ता

सिड्नी । चीनले सोलोमन टापुसँग सुरक्षा सम्झौता गरेपछि अष्ट्रेलिया, न्युजिल्याण्ड र अमेरिकाले प्रशान्त क्षेत्रको सुरक्षामा चिन्ता व्यक्त गरेका छन् । चीनले प्यासिफिक देशमा नौसेना आधार निर्माण गर्न खोज्ने त्रासलाई बढाउँदै यसै साता सम्झौतामा हस्ताक्षर भएको थियो ।

सम्झौता रोक्न अस्ट्रेलियाले गरेको अन्तिम प्रयासलाई सोलोमोन द्वीपले अस्वीकार गरेको थियो । अस्ट्रेलिया सोलोमोन द्वीपको सबैभन्दा ठूलो सहायता दाता हो । प्रधानमन्त्री मनसेह सोगाभारेले सम्झौताले यस क्षेत्रमा ‘शान्ति र सद्भावलाई कमजोर’ नबनाउने बताए ।

सम्झौता परम्परागत सहयोगीहरूका लागि नभई आफ्नै आन्तरिक सुरक्षाका लागि भएको उनले बताए ।उनले सम्झौताका शर्तहरू खुलासा गरेनन् । सम्झौताबारे उनले भने, ‘यो हाम्रो आँखा खुला राखेर राष्ट्रिय हितद्वारा निर्देशित छ । ’