🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वीरगञ्ज भन्सार तस्करी अखडा : पचास लाखकाे खुद्रा मालसामान बरामद

 वीरगञ्ज । भंसार, राजश्व असुलीकाे प्रमुख नाका रहेकाे वीरगञ्ज भंसार नाका हिजाेआज तस्करहरूका लागि सुवर्णद्वार भएकाे छ । अर्थ मन्त्रालय जनार्दन शर्माले सम्हालेर वीरगञ्ज  भंसारकाे प्रमुख भंसार प्रशासकमा अरूण पाेखरेल  र प्रमुख भन्सार अधिकृतमा दिलिप के.सी. लाई पठाएपछि दैनिक रूपमा कराेडाैं रूपैयाँका सामानहरू  बिल विजक भन्दा बढी बिभिन्न किसिमका लत्ताकपडाहरू तथा हार्डवेयरका लगायतका मालवस्तुहरू राजश्व छली पैठारी हुने गरेकाे पाइएकाे छ ।

यही तस्करीकाे सिलसिलामा वीरगञ्ज भंसारका कर्मचारीहरूकाे कृपाले बिल विजक भन्दा बढी विभिन्न किसिमका लत्ताकपडाहरू तथा हार्डवेयरका लगायतका मालवस्तुहरू राजश्व छली पैठारी गरेर जनकपुरतर्फ लाँदै गरेको अवस्थामा प्रहरीले ट्रक समेत बरामद गरेकाे छ ।

जिल्ला प्रहरी  कार्यालय पर्साबाट खटिएको टोलीले  २०७९ वैशाख ०९ गते  जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.८ घण्टाघर सडक खण्डमा ना.३ ख. ३१३ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने  भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयर लगायतका मालबस्तुहरू फेला परेको  छ ।

  तस्करहरूले भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयर  उक्त ट्रक नियन्त्रणमा लिई रू. ५०,००,०००।- ( पचास लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि २०७९ वैशाख ९ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जानकारी दिएकाे छ ।

राजस्व चुहावट नियन्त्रण, गस्ती व्यवस्थापन तथा यात्रु जाँचपास शाखामा    भ.स.नि.नागेन्द्र प्रसाद यादव, करार सेवामा झलक बहादुर श्रेष्ठ, करार सेवामै निरज बस्नेत र करार सेवा कै बुद्ध बहादुर तामाङ्ग(गोले) सुविधा पास  रहेका छन् । याे गस्ती टाेली तस्करसँग मिलेकाे छ कि सुतेर  बस्छ भन्ने प्रश्न पनि खडा भएकाे छ ।