🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एआईजीमा बढुवा भएका ११ भाइलाई कुर्सीकै समस्या !!

१९ साउन, काठमाडौं । २०७४ असार ३० गते बढुवाको सिफारिसमा परेका नेपाल प्रहरीका ११ डीआईजीलाई २०७४ साउन १९ गते बिहान बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सदर गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समितिको सिफारिस अनुसार डीआईजीहरुको बढुवा सदर गरेको हो । बढुवा सिफारिसविरुद्ध परेको उजुरी पुनरावलोकन समितिले खारेज गरेपछि सरकारलाई बढुवाका लागि  बाटो खुलेको थियो । एआईजीमा बढुवा हुनेहरुमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पशुपति उपाध्यक्ष, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट रहेका छन् ।
 जयबहादुर चन्दलाई त नेपाली काङ्ग्रेस र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वको संयुक्त सरकारले प्रहरी महानिरीक्षकमा   नियुक्ति  पनि गरेको थियो । तर, सर्वोच्चले उनको नियुक्त खारेज गरेपछि दुई नम्बरका डीआईजी  प्रकाश अर्याललाई प्रहरी प्रमुखमा   नियुक्त गरेको थियो । एक नम्बरका डीआईजी नवराज सिलवाल आईजीपीको दाबी गर्दै सर्वोच्च अदालत गएका थिए  उनी भने  बढुवा सिफारिसमै परेनन् । सिलवालको मुद्दा अझै सर्वोच्चमा विचाराधीन छ ।
भोलि २०७४ साउन २० गते दिउसो एक बजे दर्ज्यानी चिन्ह लगाउने कार्यक्रम प्रहरी हेडक्वाटरमा रहेको थाहा भएको छ।  आइजीपी प्रकाश अर्यालले फुली लगाउने कार्यक्रम राखेतापनि एआईजीमा बढुवा हुने अवसर पाएका ५ जनाले भने कुर्सीमा बसेर पदबहाली गर्न समेत नपाउने भएका छन्।  हाल कुर्सीबिहीन हुने एआईजीहरुमा जयबहादुर चन्द, विजयलाल कायस्थ, मिङ्गमार लामा, कमल सिंह बम, रणबहादुर चन्द र बिजय कुमार भट्ट रहेका छन् ।  पद बहाली गर्ने सौभाग्य पाउने भाग्यमानी एआईजीहरुमा बमबहादुर भण्डारी महानगरीय आयुक्त, देवेन्द्र सुबेदी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, पशुपति उपाध्याय  प्रहरी प्रधान कार्यालय कार्य बिभाग, केशरीराज घिमिरे प्रहरी प्रधान कार्यालय    मानव स्रोत विकास  बिभाग, माधव प्रसाद जोशी प्रहरी प्रधान कार्यालय  प्रबन्ध रहेका छन।  दरबन्दी नै नभएको पदमा शेरबहादुर देउवा सरकारले ५ जना एआईजीहरु बनाएकाले अहिले कुर्सीको समस्या परेको छ।  त्यसैले एआईजीहरुको कार्यविभाजन समेत सरकारले गर्न  सकेको छैन । कार्यविभाजभएमा  ६ जना  एआईजीहरु मध्ये एक जनाको भने प्रहरी प्रधान कार्यालय प्रहरी महनिरीक्षकको कार्यालयमा कुर्सी पाउने छन्।  अर्को ब्यबस्था नभएसम्म ५ एआईजीहरुले भने  बिना विभागीय भएर बस्नु पर्ने छ।