काठमाडौं चैत २९ गते। दिनको १ बजेको समयमा काठमाडौं म.न.पा-१६ वसन्तनगरस्थित अंगारेश्वर खाद्य स्टोरमा चोरी गरी फरार रहेको भन्ने स्टोर सञ्चालक काठमाडौं गोलढुंगा बस्ने बर्ष ४८ को केशव भूजेलले दिएको हुलियाको आधारमा महानगरीय प्रहरी वृत बालाजुबाट खटिएको सादा पोशाक समेतको प्रहरी टोलीले चोर पक्राउ गरेको छ।
प्रहरी टोलीले खोजतलास गर्ने क्रममा चोरीमा टोलीले काठमाडौं तारकेश्वर नगरपालिका वडा नं.११ नेपालटार बस्ने बर्ष २७ वर्षको प्रताप शाहीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार, प्रताप शाहीबाट चोरी भएको सम्पूर्ण रकमसहित नेपालटारस्थित कुमारीस्थान एरियाबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको बताएको छ।



