🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हृदयचन्द्र स्मृति सम्मान इस्मालीलाई

काठमाडौँ, १ वैशाख । साहित्य सदन नेपालले गत वर्षको ‘हृदयचन्द्र स्मृति सम्मान’ आख्यानकार इस्मालीलाई दिने भएको छ । 

सदनका उपाध्यक्ष हेमनाथ पौडेलको संयोजकत्वमा विदुर चालिसे, मित्रलाल पंज्ञानी, सीता शर्मा र सीता भट्टराई सदस्य रहेको छनोट समितिले गरेको सिफारिसलाई सदनको कार्यसमितिले अनुमोदन गरेको थियो । 

चार दशकदेखि साहित्य क्षेत्रमा क्रियाशील इस्मालीका दुई उपन्यास र चार कथासंग्रहलगायत कृति प्रकाशित छन् । हरेक वर्ष दिइने रु १० हजार राशिसहितको सो सम्मान यही वैशाख ८ गते प्रदान गरिने जनाइएको छ । 
–––