पोखरा २०७५ वैशाख १ । पोखराको ड्यामसाइडस्थित अनिको नामक संस्थाले पोखरा आसपासका रहेका ६० जना छात्र–छात्राहरुलाई चैत्र ३० गते शैक्षिक सामाग्री वितरण गरेको छ । ड्यामसाइडस्थत आफ्नै कार्यालयमा एक विशेष औपचारिक कार्यक्रम गरी कपी, कलम, झोला, जुत्तालगायतका शैक्षिक सामाग्री एवम् ड्रेस वितरण गरिएको हो । पोखरा लेखनाथ –१७ का महिला वडा सदस्य शान्तादेवी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा महानगरका नायब सुब्बा बेलकुमारी गुरुङ विशेष अतिथि रहेकी थिइन् ।
प्रमुख अतिथिको तर्फबाट मन्तब्य राख्दै वडा सदस्य शान्तादेवी गुरुङले मानव सेवाको क्रममा संस्थाले पु¥याएको योगदानको प्रशंसा गर्दै यस कार्यक्रममा वडाको सधै साथ रहने प्रतिवद्धता व्यक्त गर्दै विशेष अतिथि वेलकुमारी गुरुङले पनि गरीब र असहाय बालबालिकाहरुलाई शिक्षाको अवसर जुटाएर संस्थाले सह्रानीय काम गरेको भन्दै महानगरको तर्फबाट धन्यवाद दिएकी थिइन् । साथै रामदी आधारभूत विद्यालयका अध्यक्ष क्या. दिलबहादुर थापाले पनि संस्थाको सहयोगी हातको प्रशंसा गरेका थिए ।
स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै संस्थापक अध्यक्ष प्रश्न घमालले सन् २०१४ मा स्थापित यो संस्था छात्रवृत्ति वितरण, शैक्षिक सामाग्री वितरण, उच्च शिक्षाका लागि निर्धन युवा युवतीलाई सहयोग तथा वितत्तिमा मानविय सहयोग गर्न तत्पर रहेको र आगामी दिनमा पनि यसको दायरा फराकिलो पार्न पहल गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
भीमनाथ बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन उमिता घमालले गरेकी थिइन् । कार्यक्रममा भीमनाथ बराललाई मायाको चिनो र दोसल्लाले सम्ममान गरिएको थियो भने प्रमुख अतिथि, विशेष अतिथि र अन्य अतिथिहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो । स्मरणीय छ, २०७१ सालमा स्थापित यस संस्थाले ६ दर्जनभन्दा बढी गरीब तथा असहाय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, छात्रवृत्ति वितरण गर्नुका अतिरित्त प्राकृतिक प्रकोप पीडित समुदायमा निरन्तर मानवीय सहयोग पु¥याउदै आइरहेको छ ।



