🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सैनिक श्रीमती संघद्वारा स्वास्थ्य शिविर संचालन(सचित्र समाचार)

काठमाडाैं । नेपाली सेना सैनिक श्रीमती संघको आयोजनामा भोजपुर जिल्ला, टेम्केमैयुङ-४, नागीस्थित चण्डेश्वरी माध्यामिक विद्यालय नजिक रहेको स्वास्थ्य चौकीमा  सैनिक अस्पताल, ईटहरीका डाक्टर सहितको मेडिकल टिमद्वारा  २०७९ जेठ १२ गते एक दिने स्वास्थ्य शिविर संचालन गरिएको छ ।

\"\"

\"\"

\"\"

\"\"

  उक्त स्वास्थ्य शिविर कार्यक्रममा गाईनो तथा दन्त रोगको परीक्षण गरिनुका साथै नि:शुल्क औषधि वितरण गरिएको थियो । सो स्वास्थ्य शिविरबाट महिला- १०९ र पुरुष- ५७ जना गरी जम्मा १६६ जना सर्वसाधारणहरु लाभान्वित भएका थिए ।

  साथै, उक्त संघले संखुवासभा र भोजपुर जिल्लामा पनि विभिन्न मिति तथा स्थानहरुमा  जनहित कार्यहरु संचालन गरेको नेपाली सेनाले जानकारी दिएकाे छ ।

  २०७९ जेठ १० गते संखुवासभा जिल्ला, खाँदबारी नगरपालिका, वडा नं.९ स्थित मनकामना मन्दिर परिसरमा रहेका ३० जना बृद्ध/बृद्धाहरुलाई खाद्यान्न एवं राहत सामाग्रीहरु वितरण गरेको सेनाले बताएकाे छ।

 २०७९ जेठ ११ गते भोजपुर जिल्ला, टेम्केमैयुङ-३, दिल्पास्थित अन्‍नपूर्ण वागधन रणदीपा राई माध्यामिक विद्यालयमा अध्ययनरत छात्र/छात्राहरुलाई कम्प्युटर, प्रोजेक्टर, स्टेशनरी तथा खेलकुद सामग्रीहरु वितरण गरी उक्त संघका अध्यक्षबाट विद्यालयमा अवस्थित कम्प्युटर ल्यावको उद्‍घाटन गरिएको थियाे ।

साथै,  २०७९ जेठ १२ गते सोही स्थानमा अवस्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत छात्र/छात्राहरुलाई उक्त संघले कम्प्युटर, प्रोजेक्टर, स्टेशनरी सामान तथा खेलकुदका सामाग्रीहरु समेत वितरण गरेको छ ।

 
 २०७९ जेठ १२ गते उक्त संघका अध्यक्षबाट भोजपुर जिल्लामा तैनाथ  फष्ट रैफल गणको व्यारेक एरिया भित्र रहेको शिशु स्याहार केन्द्रको उद्‍घाटन गर्नुका साथै बच्चाहरुलाई खेल्ने सामग्री, खेलौना तथा बिस्कुट वितरण गरिएको थियाे ।

साथै, उक्त संघले सैनिक परिवार आवास गृहमा बसोवास गर्ने सैनिकका परिवारहरुसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम समेत सञ्चालन गरेको छ ।

 २०७९ जेठ १२ गते भोजपुर नगरपालिका, वडा नं.९ स्थित भोजपुर बहिरा आवासीय आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरु २१ (एक्काईस) जनालाई सिरक, चाउचाउ र बिस्कुट वितरण गरेको छ।