🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यामाहाको एफ जेड एक्स हेटौंडामा

हेटौंडा । यामाहाको नयाँ बाइक ‘एफ जेड एक्स’ १५० सिसिको मोटरसाइकल हेटौंडामा आएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी यामाहा हेटौंडाको आधिकारिक विक्रेता राज मोटर्सले उक्त मोटरसाइकल ‘लन्च’ गरेको हो ।

अरू मोडलका बाइकभन्दा सहज र आरामदायी यात्रा गर्न सकिने राज मोटर्सका सञ्चालक राजन श्रेष्ठले बताए  । नेपालभर उपलब्ध हुने उक्त बाइकको बजारमूल्य चार लाख २६ हजार ९ सय रुपैयाँ तोकिएको छ । उक्त बाइकमा ‘जिपिएस सिस्टम’ बाट मोबाइलसँग जोडेर बाइकको मिटर डिस्प्लेमा मोबाइलमा आएको फोन म्यासेज हेर्न सकिने सञ्चालक श्रेष्ठले बताए । श्रेष्ठका अनुसार उक्त बाइकले ५० देखि ५५ किलोमिटर प्रति लिटर माइलेज दिन्छ ।

राज मोटर्सका सञ्चालक राजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यसमिति सदस्य कुल प्रसाद चौलागाईं, तरुण नेता सुनिल गिरी लगायतको आतिथ्यता रहेको थियो ।