🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले बढ्यो, ११ महिनामा १५ खर्ब ७७ अर्ब घाटा 

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को सुरुवाती ११ महिनामा नेपालको वैदेशिक व्यापार घाटा २५ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्म नेपालको कूल वैदेशिक व्यापार १९ खर्ब ४९ अर्ब ६ करोड १ लाख १४ हजार रुपैयाँ पुगेको छ ।  

सो अवधिमा नेपालले विभिन्न देशबाट १७ खर्ब ६३ अर्ब २२ करोड ३० लाख ९६ हजार रुपैयाँको वस्तु आयात र १ खर्ब ८५ अर्ब ८३ करोड ७० लाख १८ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ को सुरुवाती एघार महिनामा नेपाललको कूल वैदेशिक व्यापार १५ खर्ब ४ अर्ब ६१ करोड ८८ लाख ८३ हजार रुपैयाँ रहेको थियो । उक्त वर्ष नेपालले १३ खर्ब ८३ अर्ब ३६ करोड ४९ लाख २४ हजार रुपैयाँको वस्तु आयात र १ खर्ब २१ अर्ब २५ करोड ३९ लाख ५९ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो । 

अघिल्लो आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापार घाटा १२ खर्ब ६२ अर्ब ११ करोड ९ लाख ६५ हजार रुपैयाँ रहेको थियो । भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालको कुल वैदेशिक व्यापार २९.५ प्रतिशतले वृद्धि भएको छ । सो समयमा कूल वैदेशिक व्यापार घाटा २५ प्रतिशत, आयात २७.५ प्रतिशत, निर्यात ५३.३ प्रतिशत र व्यापार घाटा २५ प्रतिशतले वृद्धि भएको छ ।