🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

फिल्म ‘२ नम्बरी’को विदेश बिक्री सुरु

काठमाडौं।आगामी ४ कात्तिकबाट रिलिज हुने नेपाली फिल्म ‘२ नम्बरी’को विदेश बिक्री सुरु भएको छ । फिल्मका प्रस्तुतकर्ता किरण नेपालीका अनुसार फस्टलुक सार्वजनिक भएसँगै विभिन्न देशमा फिल्म बिक्री भइसकेको छ ।

उनले फिल्म ४ कात्तिकमा दक्षिण कोरिया, दुबई, कतार, कुवेत, साउदी अरब, बहराइन, जोर्डनलगायतका देशमा रिलिज हुने बताए । फिल्मलाई निप फिल्मस्का लागि रमेश ढकालले किनेका हुन् ।

अन्य देशमा पनि फिल्मको लागि कुरा भइरहेको किरणले जानकारी दिए । दुई साथीको मित्रताको कथामा बनेको यो फिल्ममा दीपेन्द्र लामाको निर्देशन छ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, उगेन छोदेनलगायतका कलाकारको अभिनय छ ।