🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा २०७९ साउन २ गते आयोजित एक समारोहका बीच नेपाल सरकार माननीय मन्त्रीस्तरको २०७९ असार २८ गतेको निर्णयले सशस्त्र प्रहरी बल नेपालको साधारण समूह, लेखा उप–समूहतर्फको सशस्त्र प्रहरी उपरीक्षक पदबाट सोही उप-समूहको सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर भएका होम ज्ञवालीलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएकाे छ ।

        त्यसअवसरमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर भएका ज्ञवालीलाई  बधाई तथा कार्य सफलताको शुभकामना दिंदै संगठनमा खाली रहेका विभिन्न समूहका सबै पदहरुमा तत्कालै बढुवा गर्नेगरी संगठनले नेपाल सरकार गृह मन्त्रालयसँग समन्वयका साथ अगाडि बढिरहेको बताएका छन् ।

        उहाँले सशस्त्र प्रहरी अधिकृत जवानहरुले उत्कृष्ट कार्यसम्पादनका साथ राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा आ-आफ्नो ठाउँबाट पुर्‍याएको योगदानले सांगठनिक विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै राष्ट्रसेवक सशस्त्र प्रहरीहरुले फौजी अनुशासनमा रहँदै दर्जा अनुरुप प्राप्त जिम्मेवारी निर्वाह गर्ने क्रममा आर्थिक अनुशासनको पूर्ण पालना गर्दै कार्यसम्पादनमा जुट्नु पर्नेमा जोड दिएका छन् । 

सशस्त्र प्रहरी बल नेपालका कुनै पनि ईकाइ तथा कर्मचारीहरुबाट आर्थिक पक्षमा समस्या तथा गुनासोहरु नआउने गरी पूर्ण व्यवसायिक भई सेवा प्रवाहमा लाग्न अधिकृतहरुलाई त्यसैअवसरमा निर्देशन समेत दिएका छन् ।

        समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।