🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महाेत्तरी प्रहरीद्वारा अठार लाखको छ सय ६७ कार्टुन मदिरा बरामद

जलेश्वर, १३ साउन : महोत्तरीको मनरासिस्वा नगरपालिका-५ स्थित नेपाल–भारत सीमा नजिकबाट प्रहरीले भारत लैजान लागेको रु. १८ लाखको मदिरा बरामद गरेको छ ।

\"\"

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कटैया गाउँमा सीमापारि चोरी तस्करी गर्ने उद्देश्यले लुकाइछिपाइ भण्डार गरी राखिएको मदिरा गए राति  प्रहरीले बरामद गरेको हो ।

६ सय ६७ कार्टुनमा प्याक गरी राखिएको विभिन्न प्रकारको मदिरा प्रहरीचौकी कट्टीकटैया र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो ।

बरामद मदिरा प्रहरीले आन्तरिक राजस्व कार्यालयको जिम्मा लगाएको छ । उक्त मदिरा ओसारपसारमा संलग्न व्यक्तिको पत्तो लाग्न नसकेको प्रहरीले जनाएको छ ।  
 

 बरामद समानको विवरण र मूल्य

१. गौरब सोफी ३८० कार्टुन ४,३७,०००।-
२. गोल्डेन ओक ५५ कार्टुन  ६,४९,०००।-
३. कौवाली गोल्ड  ५३ कार्टुन  ५४,३२५।-
४. पासवर्ड  ८ कार्टुन ८४,०००।-
५. बुलु रिर्जब  ६ कार्टुन ३४,८००।-
६. सारग्ङी  ८ कार्टुन ८०,०००।-
७. अर्ना बियर  १९ कार्टुन  ६०,८००।-
८. माउटेन बियर  ११ कार्टुन  ३३,२७५।-
९. बड बाईज  ३० कार्टुन  १२०,०००।-
१०. किंग फिसर बियर  २५ कार्टुन  ८३,१२५।-
११. पलपल  ९ कार्टुन १०,६२०।-
१२. बेरुन  ७ कार्टुन  ८७,५००।-
१३. कस्तुरी  ३३ कार्टुन  ३३,८२५।-
१४. अन्नपूर्ण बियर  ४ कार्टुन  ११,२००।-
१५. रोक्स  २ कार्टुन  २,३६०।-
१६. टुबर्ग बियर  १९ कार्टुन  ६८,४००।-
जम्मा मूल्य रु. १८,५०,२३०।–