🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

साउनको अन्तिम सोमबार, पशुुपतिमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

काठमाडौं । साउनको अन्तिम सोमबार भएकाले आज बिहानैबाट गौशालास्थित पशुपतिनाथको दर्शन गर्नेको घुइँचो लागेको छ । पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैबाट दर्शनार्थीको घुइँचो लागेको छ । 

साउन महिनाको सोमबार भगवान शिवको बार भएकाले यस दिनमा भगवान शिवको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

जस कारण साउनको सोमबार व्रत बस्ने र शिवको आराधना गर्ने गरिन्छ । यस पटक साउनमा पाँचवटा सोमबार परेका थियो । यस वर्षको साउनको आज अन्तिम सोमबार हो ।  

साउनको सोमबार व्रत बसेमा मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ । यो विश्वासमा देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

\"Avatar\"

\"Avatar\"

\"Avatar\"

\"Avatar\"

\"Avatar\"

\"Avatar\"