·
यसपटकको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा मुलुकको प्रधानमन्त्री उद्घाटनमा सरिक हुन पुगेनछन्।
यो घटना भर्त्सनायोग्य छ। अन्तर्राष्ट्रिय स्तरमा भएको बौद्ध सम्मेलन मुलुककै प्रतिष्ठाको कुरा हो। तर यस्तो खेलाँची कहाँबाट कसरी किन राज्यको तर्फबाट बेवास्ता हुन पुग्यो ? प्रश्न जटिल छ र रहस्यको पर्दा खुल्दै जाला !
अहिले पहिचानवादी फ्याउराहरुले “हिन्दुले यस्तो गर्यो” भन्दै कराएर उधुम छ ! तर हिजोको दिनमा हिन्दुराष्ट्र हुँदा राष्ट्रप्रमुखको रूपमा महाराजा सवारी भएर उद्घाटन गरेर विश्व बौद्ध सम्मेलन आयोजना हुन्थ्यो। विदेशी वरिष्ठ अतिथिहरु र धर्मगुरुहरुलाई दरबारमा आमन्त्रण गरेर स्वागत गर्नुहुन्थ्यो। तर हिन्दुराज्य मिल्काएर गरेको बौद्ध सम्मेलन आज रसबिनाको छोक्राजस्तो हुनु कुन नौलो कुरा भयो ?
“राज्यको कुनै धर्म हुँदैन” भन्दै बुत्रुक्-बुत्रुक् आफैं उफ्रिने; फ़ेरि त्यही राज्यको प्रमुख उपस्थित भएर ढ्याङ्ग्रो बजाउँदै नाचिदेउ पनि भन्ने ?
हाम्रो आफ्ना मौलिक धर्म-संस्कृतिलाइ मास्दैलगिएको छ। यो क्रम अझै बढ्दै जानेछ। जतिजति बढाउँदै जानेछ, त्यतित्यति क्रिश्चीयनको लागि मलीलो जमिन तैयार हुनेछ।
बाँकी रह्यो खादा को कुरा ! यो खादालाई बौद्धको पहिचानको रूपमा लिएर हिन्दुलाई सरापेको आज आङ्काजीको एउटा भिडियो देखें। तर हेक्का राख्नु, यो खादालाई हिन्दुको प्रतिकको रूपमा थेरवादी बौद्धले लिन्छन्। उनीहरुले खादामा रहेको अष्टमङ्गल चिन्हलाई मान्दैनन् भन्ने जानकारी पनि राख्नु। यो अष्टमङ्गल चिन्ह सनातन हिन्दु, महायान बौद्ध र जैन धर्मसँग सम्बन्धित हो। खादामा अष्टमङ्गल चिन्ह नराख्ने होभने लुगाको टालो मात्रै हुन्छ। वेद, उपनिषद, पुराणहरुमा धेरै ठाउँमा अष्टमङ्गलको बिषयमा उल्लेख छ।
मृगराजो वृषो नाग: कलसो व्यंजनन्तथा।
वैजयन्ती तथा भेरी दीप इत्यष्टमंगलम्।।
अर्थात् मृगराज (सिंह) वृषभ, श्रेष्ठ हाथी वा श्रेष्ठ सर्प, कलश, व्यञ्जन (शुभलक्षण), वैजयन्ती, भेरी तथा दीप यो आठ मङ्गल हुन् भनेर उल्लेख गरिएको छभने जैनग्रन्थ अङ्गविज्जा, गुप्तकालीन बौद्ध ग्रन्थ महाव्युत्पत्ति र हर्षचरितमा अष्टमाङ्गलिक माला आभूषणको उल्लेख छ। बौद्ध धर्मसँग सम्बन्धित सबैभन्दा प्राचीन स्तुपा साँचीको (मध्यप्रदेश) स्तुपामा अष्टमङ्गल उत्किर्ण गरेको पाइन्छभने नेपालको विहार गुम्बा स्तुपाको तोरणमा पाइन्छ।
अब यो अष्टमङ्गल चिन्हलाई कपडामा छापेर दोसल्लाको रूपमा आउनुअघि हिमाली क्षेत्रमा सम्मान गर्दा "भुरे" (एक प्रकारको हातले बुनेको कपडा)ले सम्मान गर्ने चलन थियो। अत: खादामा लेखेको अक्षर ब्राह्मणकै ब्राम्ही लिपीमा र ब्राह्मणकै संस्कृत भाषामा भएको अष्टमङ्गललाई “भोटेको मात्रै हो बाहुनको होइन” भन्दै उफ्रेको देख्दा त ….. गर्नेलाई भन्दा देख्नेलाई लाजमर्दो हुन्छ हौ !!
भित्री कुरा त्यहाँ आयोजकमा हिनयानी भन्तेको बोलवाला छ। महायानी लामाहरु त लाइनमा बसेर एक थाल भात खाएर फर्किने मात्रै हो; कुनै कार्यकारी पोस्टमा छैनन्। तिनीहरुले खादा लाई किन मान्थ्यो ? मैले स्टाटसमा यो कुरा राख्दा एकापसमा वातावरण राम्रो नहोला भनेर मात्रै हो। तर गाली खानेचाहिँ फ़ेरि हिन्दु भएको छ।
-Mohan Lama Rumba, Chitwan.



